महिला क्रिकेटको स्वर्ण एपीएफलाई, सिताको अल-राउण्ड प्रदर्शन

  • विकेटनेपाल, बैशाख १० – मंगलबार

दाङ स्थित लहमी क्रिकेट मैदानमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको उपाधी सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ। एपीएफले स्वर्णपदक हात पार्दा पराजित प्रदेश-१ ले रजतपदकमा चित्त बुझाउनुपर्यो।

मंगलबार सम्पन्न खेलमा एपीएफलाई स्वर्णपदक दिलाउन सिता रानामगरले अलराउण्ड प्रदर्शन गरिन्। उनले ब्याटिंगतर्फ ४१ रन (३ चौका) बनाउन ३९ बलको सामना गर्दा बलिंगतर्फ समेत २ विकेट हात पारिन्। त्यस्तै अर्की ओपनर ज्योति पाण्डेले पनि ४५ रन (४१ बल, ६ चौका) को पारि खेलेपछि एपीएफले २० ओभरको समाप्तीमा सबै विकेट गुमाएर १२८ रन बनाएको थियो। ज्योति र सिताले पहिलो विकेटको लागि १२.२ ओभरमा ८६ रनको साझेदारी गरेका थिए।

Jyoti Pandey , Sita Rana Magar

त्यसपछि लगातार विकेट गुमेपछि एपीएफले थप ४२ रन जोड्दा उसले सबै विकेट गुमायो। लगातार विकेट लिँदै एपीएफलाई ठुलो स्कोर बनाउनबाट रोक्न प्रदेश १ का रुबिना क्षेत्री (४-०-१४-३), सबनम राई (४-०-२४-३) र संगीता राई (४-०-१७-३)ले समान ३/३ विकेट लिए।

Rubina Chhetri
Rubina Chhetri ( File Photo )

एपीएफले दिएको १२९ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले १९.४ ओभरमा सबै विकेट गुमाएर ४१ रनमात्र जोड्न सक्यो। यो सँगै एपीएफ ८७ रनको फराकिलो अन्तरले विजयी भयो।

प्रदेश १ को लागि रश्मि शर्माले अविजित २७ रन (२ चौका) बनाउन ५३ बलको सामना गर्दै पारि सम्हाल्ने प्रयास गरे पनि अर्कोतिरबाट निरन्तर विकेट खस्दा टिमले फराकिलो हार व्यहोर्यो। अन्य खेलाडीको सर्बाधिक ठुलो स्कोर ४ रन रह्यो।

प्रदेश १ लाई कम योगफलमा रोक्न एपीएफका सिता राना मगर (१.४-०-४-२), सरिता मगर (३-०-७-२) र ऋतु कनोजिया (४-०-७-२) ले समान २/२ विकेट लिए।

Province-1 Team

यस्तै आज नै सम्पन्न तेस्रो स्थान अर्थात कास्य पदकको लागि भएको खेलमा प्रदेश ७ ले प्रदेश २ लाई ६ विकेटले पराजित गर्यो। प्रदेश २ ले टस हारेर पहिले ब्याटिंग गर्दै ७ ओभरको समाप्तीमा ५७ रन बनायो। उसका लागि कप्तान सरस्वती चौधरीले २५ तथा अनुराधा चौधरीले १९ रन बनाइन्। प्रदेश ७ कि कबिता जोशीले २ विकेट हात पारिन्।

जवाफमा प्रदेश ७ ले ५८ रनको लक्ष्य ५.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। प्रदेश ७ का लागि कबिता कुँवरले २३ रन बनाउँदा कबिता जोशीले १६ रन बनाईन्। प्रदेश २ कि अनुराधा चौधरीले २ विकेट लिईन्।

 

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy