९ वर्षमा पहिलो पटक आईसीसी इभेन्टको सेमीफाइनल पुग्न असफल

टि-२० विश्वकप अन्तर्गत आइतबार सम्पन्न खेलमा न्युजिल्यान्डले अफगानिस्तानलाई ८ विकेटले पराजित गरेसंगै सेमीफाइनल पुग्ने ४ वटै टिमको टुंगो लाग्यो। समुह ‘१’ बाट इंग्ल्यान्ड र अस्ट्रेलिया तथा समुह ‘२’ बाट न्युजिल्यान्ड र पाकिस्तान सेमीफाइनल पुग्यो। भारत सोमबार नामिबियासंग खेल्न बाँकी रहँदै प्रतियोगिताबाट बाहिर भयो।

पछिल्लो पटक सन् २०१२ मा श्रीलंकामा आयोजित टि-२० विश्वकपमा भारत सेमीफाइनल पुग्न असफल भएको थियो। उक्त विश्वकपको सुपर-८ चरणमा भारत ३ खेलमा २ जित र १ हार बेहोर्दै अंकतालिकाको तेश्रो स्थानमा रहेको थियो भने अस्ट्रेलिया र पाकिस्तान पहिलो र दोश्रो स्थानमा रहेको सेमीफाइनल पुगेको थियो। समान ४ अंक रहेता पनि अस्ट्रेलिया र पाकिस्तान नेट रन रेटमा अघि रहेका थिए।  भारत अस्ट्रेलियासंग ९ विकेटले पराजित भएको थियो भने पाकिस्तान र दक्षिण अफ्रीकालाई पराजित गरेको थियो।

सन् २०१२ पछि भारत आईसीसीको ८ वटा प्रतियोगिताको कम्तिमा सेमीफाइनल पुगेको थियो। २०१३ को च्याम्पियन्स ट्रफी जितेको भारतले त्यसपछि २०१४ टि-२० विश्वकपको उपविजेता रहेको थियो। यस्तै २०१५ एकदिवसीय विश्वकपको सेमीफाइनल, २०१६ टि-२० विश्वकपको सेमीफाइनल, २०१७ च्याम्पियन ट्रफीको उपविजेता, २०१९ एकदिवसीय विश्वकपको उपविजेता तथा २०२१ आईसीसी टेस्ट च्याम्पियनसिपको उपविजेता रह्यो।

जारि विश्वकपमा बिराट कोहली कप्तानीको भारत पहिलो खेलमा पाकिस्तानसंग १० विकटले तथा न्युजिल्यान्डसंग ८ विकेटले पराजित भएको थियो। अफगानिस्तानलाई ६६ रनले तथा स्कटल्याण्डलाई ८ विकेटले पराजित गरेको अन्तिम खेल नामिबियासंग सोमबार ( नोभेम्बर ८ ) तारिखमा खेल्नेछ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]