नेपालको ऐतिहासिक सिरिज जित दौरान बनेका ९ ठुला किर्तिमानहरु

  • विकेटनेपाल, माघ-१४ , सोमबार 

नेपालले गत वर्ष मार्चमा एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएपछि खेलेको दोश्रो सिरिजमा घरेलु टिम युएईलाई २-१ ले पराजित गर्दै ऐतिहासिक पहिलो सिरिज जित दर्ता गर्यो। खेलमा युएईले पहिले ब्याटिंग गर्दै दिएको २५५ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर ४४.४ ओभरमा पुरा गर्दै ४ विकेटको जित दर्ता गरेको हो।

खेलमा नेपालको जितसंगै थुप्रै रेकर्डहरु बनेका छन् जसमध्ये प्रमुख ९ रेकर्डलाई यस लेखमा समाबेस गरेका छौँ –

१. पहिलो सिरिज जित 

नेपालले यस भन्दा अघि नेदरल्याण्डसंग गत वर्ष अगस्टमा २ वटा खेलको सिरिज खेलेको थियो जुन १-१ को बराबरीमा टुंगिएको थियो। दोश्रो एकदिवसीय सिरिज युएईसंग खेल्ने क्रममा जित हात पार्दै नेपालले २-१ अन्तरले ऐतिहासिक पहिलो सिरिज जित दर्ता गरेको हो।

२. लक्ष्य पछ्याउदै पहिलो जित 

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले लक्ष्य पछ्याउदै जितको यो पहिलो खेल हो। यस अघि नेपालले जितेको दुवै खेलमा पहिले ब्याटिंग गरेको थियो। नेदरल्याण्डसंग गत वर्ष नेपालले १ रनले तथा युएईलाई यही सिरिजमा नेपालले १४५ रनले पराजित गरेको थियो।

३. सबै भन्दा ठुलो विकेट अन्तरको जित 

लक्ष्य पछ्याउने क्रममा ४ विकेटको जित हात पार्ने साथ यो नेपालको सबैभन्दा ठुलो विकेट अन्तरको जित हो। यस भन्दा अघि नेपालले लक्ष्य पछ्याएर खेल जितेको थिएन।

 

४. पारस खड्काको पहिलो शतकसंगै बनेको थुप्रै किर्तिमान 

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको लागि शतक बनाउने पारस खड्का पहिलो खेलाडी बनेका छन्। यस्तै उनले बनाएको ११५ रन स्वतः नेपाली खेलाडीले बनाएको सर्वाधिक व्यक्तिगत रन हो। सोमपालले गत वर्ष नेदरल्याण्डसंगको एकदिवसीय सिरिजमा ६१ रनको इनिंग खेलेका थिए। पारसले ११५ रन बनाउने क्रममा १५ चौका प्रहार गरे जुन एकै खेलमा नेपा

Paras Khadka
Paras Khadka ( Photo – Thenational.ae )

ली ब्याट्सम्यानले प्रहार गरेको सबैभन्दा धेरै चौका हो। यस्तै पारसले शतक प्रहार गर्न ९६ बल लगाएका थिए जुन स्वत सबैभन्दा थोरै बलमा नेपाली ब्याट्सम्यानले प्रहार गरेको एकदिवसीय अन्तर्राष्ट्रिय शतक हो।

 

५.  सर्वाधिक शतक बनाउने नेपाली ब्याट्सम्यान

पारस खड्काले यो संगै नेपालको लागि खेल्ने क्रममा ४ वटा शतक पुरा गरेका छन् जुन नेपाली खेलाडीको सर्वाधिक शतक हो। पारस पछि अनिल मण्डलले २ वटा शतक प्रहार गरेका छन्। पारसले सन् २०१२ मा कुवेत बिरुद्ध, २०१६ मा नामिबिया बिरुद्ध र २०१८ मा युएई बिरुद्ध शतक प्रहार गरेका थिए। नेपालको लागि एकदिवसीय क्रिकेटमा कुल ११ शतक प्रहार भएका छन्। पारसले ४, अनिल मण्डलले २ तथा राजु खड्का, शक्ति गौचन, शरद भेसावकर, सुबास खकुरेल र ज्ञानेन्द्र मल्लले १-१ शतक बनाएका छन्।

६. एकदिवसीयमा नेपाली ब्याट्सम्यानको सर्वाधिक व्यक्तिगत योगफल 

पारसले बनाएको ११५ रन नेपाली ब्याट्सम्यानले बनाएको संयुक्त सर्वाधिक रन हो। यस भन्दा अघि सन् २०१२ को बिश्व क्रिकेट लिग डिभिजन-४ मा सुबास खकुरेलले बनाएको ११५ रन यस भन्दा अघि नेपाली ब्याट्सम्यानको सर्वाधिक रन थियो। ज्ञानेन्द्र मल्लले सिंगापुर बिरुद्ध २०१४ को बिश्व क्रिकेट लिग डिभिजन-३ मा बनाएको ११४ रन दोश्रो सर्वाधिक रन हो भने अनिल मण्डलले डेनमार्क बिरुद्ध सन् २०१२ को डिभिजन-२ मा ११३ रनको इनिंग खेलेका थिए त्यसपछिको सर्वाधिक हो।

Nepal Cricket Team

 

७. नेपालको सर्वाधिक योगफल 

युएईसंग नेपालले दोश्रो ब्याटिंग गर्दै बनाएको २५५ रन एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक योगफल हो। स्वतः दोश्रो इनिंगमा नेपालले बनाएको सर्वाधिक योगफल हो। यस अघि नेपालले युएईसंग सिरिजको दोश्रो खेलमा पहिले ब्याटिंग गर्दै २४२/९ को योगफल बनाएको थियो। नेदरल्याण्डसंग गत वर्ष बनाएको २१६ रन तेश्रो ठुलो योगफल हो।

८. युएई बिरुद्ध नेपाली ब्याट्सम्यानको सर्वाधिक रन 

गत वर्ष आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताको फाइनलमा पारस खड्काले शतकीय इनिंग खेल्दै ११२ रन बनाएका थिए जुन युएई बिरुद्ध नेपाली ब्याट्सम्यानले बनाएको पहिलो शतक र सर्वाधिक रन थियो। पारसले आफ्नो रेकर्ड तोड्ने क्रममा युएईसंग आज ११५ रन बनाएका हुन्। युएई बिरुद्ध नेपालको लागि सबै भन्दा पहिलो अर्धशतक गणेश बहादुर शाहीले सन् २०० को एसीसी ट्रफीमा बनाएका थिए जुन क्रममा ६८ रनको इनिंग खेलेका थिए।

९. एकै खेलमा सर्वाधिक चौका 

तेश्रो एकदिवसीयमा नेपाली ब्याट्सम्यानले कुल २६ चौका र ३ छक्का प्रहार गरे जुन एकदिवसीय अन्तर्राष्ट्रियको एकै खेलमा नेपालले प्रहार गरेको सर्वाधिक चौका हो। यस अघि नेपालले दोश्रो एकदिवसीयमा कुल २१ चौका र २ छक्का प्रहार गरेका थिए। नेपालले नेदरल्याण्डसंग गत वर्ष खेलेको सिरिज अन्तर्गत दोश्रो एकदिवसीयमा पनि २१ नै चौका प्रहार गरेको थियो भने ५ छक्का प्रहार गरेको थियो।

 





थप समाचार

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]

क्रिकेट एक्सिलेन्स सेन्टर फाइनलमा

काठमाडौं । महावीर स्टडिज एन्ड एथलेटिक्स सेन्टरलाई हराउँदै क्रिकेट एक्सिलेन्स सेन्टर फाइनलमा प्रवेश गरेको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा शुक्रबार […]