सन्दिप लामिछानेको नाममा रहेको ९ ठूला कीर्तिमान

Sandeep Lamichhane

सन्दिप लामिछानेले सन् २०१६ मा नेपाली अन्डर-१९ राष्ट्रिय क्रिकेट टिम हुँदै सोहि वर्ष नामिबिया बिरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टिमको लागि डेब्यु गरेका थिए। त्यसपछि २०१८ मा इन्डियन प्रिमियर लिग हुँदै अन्तर्राष्ट्रिय लिग खेल्न थालेका लेग स्पिनरले नेपालको नाम विश्वस्तरमा पुर्याएका छन्। २१ वर्ष अघि अगस्ट २ तारिखमा स्यांग्जाको आरुचौरमा जन्मिएका सन्दिपले यस क्रममा बिभिन्न कीर्तिमानहरु समेत आफ्नो नाम गरेका छन्। सोहि कीर्तिमानहरु मध्ये ९ ठूला कीर्तिमानहरु यहाँ प्रस्तुत गरेका छौँ –

सर्वाधिक अन्तर्राष्ट्रिय विकेट : सन्दिप टि-ट्वान्टी अन्तर्राष्ट्रिय र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट दुवै फर्म्याटमा नेपालको सर्वाधिक विकेट लिने खेलाडी हुन्। उनले टि-ट्वान्टी अन्तर्राष्ट्रियमा २५ खेलमा ४७ विकेट तथा एकदिवसीय अन्तर्राष्ट्रियमा १० खेलमा २३ विकेट लिएका छन्।

एकै प्रतियोगितामा सर्वाधिक विकेट : सन्दिपले यसै वर्ष मलेसिया र नेदरल्याण्ड सम्मिलित त्रिकोणात्मक टि-ट्वान्टी सिरिजमा ५ खेलमा १३ विकेट लिंदै एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने नेपाली खेलाडीको कीर्तिमान बनाएका थिए। यस्तै सन्दिप नेपालले खेलेको उमेर समुह लगायत कुनै पनि प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी समेत हुन्। सन्दिपले २०१८ को  टि-२० विश्वकप एसिया छनौटमा ( पूर्वी ) प्रतियोगितामा कुल २४ विकेट लिंदै ठूलो कीर्तिमान आफ्नो नाम गरेका थिए। नेपालको यु-१९ क्रिकेट टिमको लागि पनि एकै प्रतियोगितामा सर्वाधिक विकेटको कीर्तिमान सन्दिपको नाममा रहेको छ जसले सिंगापुरमा आयोजित २०१८ यु-१९ विश्वकप छनोट प्रतियोगितामा २४ विकेट लिएका थिए।

सर्वोत्कृष्ट बलिंग स्पेल : २०२० फेब्रुअरीमा नेपालमा सम्पन्न त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा सन्दिपले अमेरिका बिरुद्ध ६ ओभर बलिंग गर्दै १ मेडन ओभर सहित १६ रन खर्चेर ६ विकेट लिएका थिए। नेपालको अन्तर्राष्ट्रिय क्रिकेटमा यो सबैभन्दा उत्कृस्ट स्पेल हो। ६ विकेट लिने सन्दिप अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो र एक मात्र बलर समेत हुन्।

एकै क्यालेन्डर वर्षमा सर्वाधिक विकेट : सन्दिपले वर्ष २०१९ मा नेपालको लागि १६ खेल खेल्दा २८ विकेट लिएका थिए। टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको ईतिहासमै एकै क्यालेन्डर वर्ष कुनै बलरले लिएको यो संयुक्तरुपमा दोश्रो धेरै विकेट हो। सोहि वर्ष करन केसी सहित पाकिस्तानका शदाब खान, भारतका जस्प्रित बुम्राह र नेदरल्याण्डका ब्राण्डन ग्लोभरले पनि सामान २८ विकेट लिएका थिए। अस्ट्रेलियाका एन्ड्रयु टाईले २०१८ मा एकै क्यालेन्डर वर्ष ३१ विकेट लिंदै यो कीर्तिमान बनाएका थिए जुन अझै कायम छ।

उत्कृस्ट स्ट्राइक रेट : सन्दिपले २६ टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेल्ने क्रममा १२.२ को स्ट्राइक रेटले ४७ विकेट लिएका छन्। यो स्ट्राइक रेट टि-ट्वान्टी अन्तर्राष्ट्रियमा अफगानिस्तानका राशिद खान ( १२.१ ) पछि को दोश्रो उत्कृस्ट स्ट्राइक रेट हो।

उत्कृस्ट औशत : सन्दिपको टि-२० अन्तर्राष्ट्रियमा १४.०० को औशतले २६ खेलमा ४७ विकेट लिएका हुन्। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दिप पछि उत्कृस्ट औशत अफगानिस्तानका राशिद खानको ( १२.६३ ) मात्र रहेको छ।

एकै इनिंग्समा सर्वाधिक मेईडन ओभर : सन्दिप लामिछानेको नाममा संयुक्त रुपमा टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको एकै इनिंग्समा २ वटा मेईडन ओभर गर्ने कीर्तिमान रहेको छ। सन्दिपले थाइल्याण्ड बिरुद्ध २०२० मा ४ ओभरको स्पेलमा २ मेईडन ओभर ( ४-२-९-१ ) गरेका थिए। यो कीर्तिमान सन्दिप एक्लोको नाममा भने छैन। सन्दिप संगै नेपालकै करन केसी लगायत विश्वका ३० जना बलरको नाममा यो कीर्तिमान रहेको छ।

एक सय टि-२० खेल्ने र सय विकेट लिने पहिलो नेपाली : सन्दिपले टि-२० क्रिकेटमा कुल १०१ खेल खेलेका छन् जसमा १३८ विकेट लिएका छन्। सय खेल खेल्ने र सय विकेट लिने सन्दिप पहिलो नेपाली खेलाडी हुन्। सन् २०१८ मे १२ तारिखमा इण्डियन प्रिमियर लिग टिम दिल्ली डेयरडेभिल्सबाट रोयल च्यालेन्जर्स बैंगलोर बिरुद्ध सन्दिपले टि-२० क्रिकेटमा डेब्यु गरेका थिए। त्यसपछि ३१ मे २०१८ मा टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दिपले आईसीसी विश्व-११ बाट वेस्ट इन्डिज बिरुद्ध डेब्यु गरेका थिए। नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय डेब्यु सन्दिपले नेदरल्याण्ड बिरुद्ध २९ जुलाई २०१८ मा गरेका थिए।

उत्कृस्ट टि-२० अन्तर्राष्ट्रिय वरियता : सन् २०१९ मा सन्दिप आईसीसी टि-२० अन्तर्राष्ट्रिय बलिंग वरीयतामा ५६ औं स्थानमा पुगेका थिए। उक्त वरियता नेपाली बलरले हाँसिल गरेको सबैभन्दा उत्कृस्ट वरियता हो। सन्दिप हाल टि-२० अन्तर्राष्ट्रिय वरियतामा ७८ औं नम्बरमा रहेका छन्। सन्दिप पछि उत्कृस्ट वरियता हाँसिल गर्ने नेपाली बलर बसन्त रेग्मी हुन् जो २०१५ मा ६१ औं नम्बरमा रहेका थिए।





थप समाचार

आइपीएल : बेंगलुरु र हैदराबाद खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबादबीच खेल हुदै छ । हैदराबादको घरेलु […]

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । शनिबारबाट काठमाडौंमा सुरु हुने वेस्ट इन्डिज ए विरुद्ध को पाँच खेलको टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा भएको […]

गुजरातमाथि दिल्लीको रोमान्चक जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४० औं खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । घरेलु […]

दिल्लीले गुजरातलाई दियो २२५ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४० औं खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई जितका लागि २ सय २५ […]

आइपीएल : दिल्ली र गुजरात भिड्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुदै छ । दिल्लीको घरेलु मैदान […]

स्टोईनेसको शतकमा चेन्नईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ३९ औं खेलमा मार्कस स्टोईनेसको शतक सहयोगमा चेन्नई सुपर किंग्समाथि लखनाउ […]