IPL : कोलकाता र मुम्बई विजयी, यस्तो छ अंकतालिकाको अवस्था

२०७८ आश्विन १२, मंगलवार २३:३४

युएईमा जारि आईपीएल अन्तर्गत मंगलबार सम्पन्न दुई खेलमा कोलकाता नाइट राइडर्स र मुम्बई इन्डीएन्स विजयी भएका छन्। दिनको दोश्रो खेलमा मुम्बईले पन्जाब किंग्सलाई तथा पहिलो खेलमा कोलकाता नाइट राईडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गर्यो।

शेख जायद स्टेडियममा सम्पन्न दोश्रो खेलमा पन्जाबले दिएको १३६ रनको लक्ष्य मुम्बईले १९ ओभरमा ४ विकेट क्षेतीमा पुरा गर्यो। उसको लागि सौरभ तिवारीले सर्वाधिक ४५ रन तथा हार्दिक पान्ड्याले ४० रन तथा क्विन्टन डीककले २७ र काईरन पोलार्डले अविजित १५ रन बनाए। तिवारीले ३७ बलमा ३ चौका र २ छक्का तथा पान्ड्याले ३० बलमा ४ चौका र २ छक्का प्रहार गरे।

लक्ष्य पछ्याउने क्रममा कप्तान रोहित शर्मा र सुर्यकुमार यादव छिट्टै आउट हुँदा दबाबमा क्विन्टन डीकक र सौरभ तिवारीले ४५ रनको साझेदारी गरेका थिए। डीककलाई दशौँ ओभरमा मोहम्मद शामीले बोल्ड गरे। त्यसपछि तिवारीले हार्दिक पान्ड्यासंग ३१ रन जोडे। १६ औं ओभरमा तिअरीलाई नाथन इलिसले क्याच आउट गरे। त्यसपछि पान्ड्या र पोलार्डले पाँचौ विकेटको लागि ४५ रनको साझेदारी गर्दै जितसम्म पुर्याए। जित्न २ ओभरमा १६ रन आवस्यक हुँदा १९ औं ओभरमा मोहम्म्द शामीलाई पान्ड्याले २ चौका र १ छक्का प्रहार गर्दै जित दिलाए।

पन्जाबको बलिंगमा रभी बिस्नोईले २ ( ४-०-२५-२ ) तथा मोहम्मद शामी र नाथन इलिसले समान १ विकेट लिए।

यस अघि टस हरेर ब्याटिंग गरेको पन्जाबले २० ओभरमा ६ विकेट क्षेतीमा १३५ रन बनाएको थियो। उसको लागि एडेन मारक्रमले सर्वाधिक ४२ रन, दिपक हुडाले २८ रन, केएल राहुलले २१ रन, मन्दिप सिंहले १५ रन तथा हरप्रित ब्रार ले अविजित १४ रन बनाए। मुम्बईको बलिंगमा काइरन पोलार्ड ( १-०-८-२ ) र जस्प्रित बुम्राह ( ४-०-२४-२ ) ले समान २ विकेट तथा क्रुनाल पान्ड्या र राहुल चाहरले समान १ विकेट लिए।

कोलकाताको जितमा सुनिल नारायणको अलराउण्ड प्रदर्शन

दिनको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गरेको थियो। शारजाह स्टेडियममा सम्पन्न खेलमा दिल्लीले दिएको १२८ रनको लक्ष्य कोलकाताले १८.२ ओभरमा ७ विकेट क्षेतीमा भेटायो।

कोलकाताको ब्याटिंगमा नितिश रानाले सर्वाधिक ३६, शुबमन गिलले ३०, सुनिल नारयणले २१ , भेंकटेस ऐयरले १४ तथा दिनेश कार्तिकले १२ रन बनाए। ६७ रनमा ४ विकेट गुमेको अवस्थामा रानाले पाँचौ विकेटको लागि कार्तिकसंग २९ तथा नारायणसंग २६ रनको साझेदारी गरेका थिए। दिल्लीको लागि आभेस खानले सर्वाधिक ३ विकेट ( ३-०-१३-३ ) तथा एनरिक् नोर्किया, रभीचन्द्रन आश्विन, ललित यादव र कागीसो रबाडाले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ९ विकेट क्षेतीमा १२७ रन बनाएको थियो। उसको लागि स्टेभेन स्मिथ र कप्तान रिशभ पन्तले समान ३९ रन तथा शिखर धवनले २४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। ९२ रनमा ५ विकेट गुमेको अवस्थाबाट उसले थप ३५ रन जोड्दा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

कोलकाताको बलिंगमा सुनिल नारायण ( ४-०-१८-२ ) , लकी फर्गुसन ( २-०-१०-२ ) र भेंकटेस ऐयरले ( ४-०-२९-२ ) समान २ विकेट तथा टिम साउदीले १ विकेट लिए।

अंकतालिका : आजको जित पछि कोलकाता ११ खेलमा ५ जित र ६ हार पछि १० अंक सहित चौंथो स्थानमा पुगेको छ भने समान अंक रहेको मुम्बई नेट रन रेटमा पछि पर्दै पाँचौ स्थानमा उक्लेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy