क्लाउड फ्याक्ट्रीलाई लगातार दोश्रो सिजन केएफसी टि-टेन कर्पोरेट क्रिकेटको उपाधि

केएफसी टि-टेन कर्पोरेट दोश्रो सिजनको उपाधि क्लाउड फ्याक्ट्रीले जितेको छ। गत सिजन पनि क्लाउड फ्याक्ट्रीनै विजेता बन्न सफल भएको थियो।

काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स पार्क स्थित ओभल इन्डोर क्रिकेटमा सम्पन्न फाइनलमा क्लाउड फ्याक्ट्रीले सुबिसुलाई ५ विकेटले पराजित गर्यो।

सुबिसुले दिएको ५४ रनको लक्ष्य क्लाउड फ्याक्ट्रीले ७. २ ओभरमा २ विकेट गुमाएर भेटायो। क्लाउड फ्याक्ट्रीको लागि सुबोध ढुंगेलले सर्वाधिक १९ तथा रबिन राजबंशीले ९ रन योगदान दिए। बलिंगतर्फ सुबिसुका रबिनले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको सुबिसुले ९. ३ ओभरमा सबै विकेट गुमाएर ५३ रन बनाएको थियो। उसको लागि अभिषेक खनालले सर्वाधिक २० तथा प्रदिप मल्लले १२ रन योगदान दिए। बलिंगतर्फ फाइनल खेलको प्लेयर अफ द म्याच समेत घोषित जुलेन महर्जनले मात्र ६ रन खर्चेर २ विकेट लिए। यस्तै जनार्दन बन्जाडेले पनि २ विकेट लिए।

आजै सम्पन्न सेमीफाइनलमा क्लाउड फ्याक्ट्रीले केएफसीलाई ५१ रनले तथा सुबीसुले सुरी टेक्नोलोजीलाई ३ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो।

प्रतियोगिताको विजेता टिम क्लाउड फ्याक्ट्रीले आगामी सिजन सोझै इन्ट्री पाएको छ ।

प्रतियोगिताको उत्कृस्ट खेलाडी क्लाउड फ्याक्ट्रीका जुलेन महर्जन घोषित भए। यस्तै उत्कृस्ट ब्याटर सुरी टेक्नोलोजीका कृष्ण शाही, उत्कृस्ट बलर सुबीसुका निरन परियार घोषित भए। यस्तै प्रतियोगिताको मोस्ट चियर्ड टिमको रुपमा भ्याली ग्रुप तथा उत्कृस्ट कप्तानको रुपमा केएफसीका विजय शर्मा घोषित भए। विजेता खेलाडीलाई प्रतियोगिताको मुख्य प्रायोजक केएफसी, मिनिसो, काठमाडौँ अर्गानिक, न्यूट्री एण्ड डाइट, नेपमेड तथा होटल सरोवरबाट बिभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्। प्रतियोगिताको प्लेयर अफ द सिरिज तथा उत्कृस्ट ब्याटर र बलरले पोखराको होटल सरोवरबाट १४ हजार ९ सय ९९ रुपैयाँको प्याकेज समेत पुरस्कार पाएका छन्।

एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आयोजना गरेको प्रतियोगितामा क्लाउड फ्याक्ट्री, क्रिजन, केएफसी, ताकिओ नेपाल, सूरी टेक्नोलोजी, भाजुरत्न एजेन्सी, भ्याली ग्रुप, र सुविसु गरि कुल आठ कर्पोरेट टोलिले प्रतिस्पर्धा गरेका थिए।





थप समाचार

पूर्व कप्तान मल्लको उपस्थितिमा द वन्डल्याण्ड दशैं फेस्टिवल भव्य रूपमा सम्पन्न

ललितपुर बुंगमतिमा स्थित ‘द वन्डरल्याण्ड’ The Wonderland मनोरञ्जन पार्कमा दुई दिने दशैं फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। असोज १८ […]

NPL : शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको […]

अस्ट्रेलिया र इंग्ल्यान्ड विजयी सुरुवात

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साबिक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित […]

दोश्रो अभ्यास खेलमा नेपाल विजयी

क्यानाडामा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो एकदिवसीय अभ्यास खेलमा क्यानडा हाई परफरमेन्स टिमलाई २० रनले पराजित गरेको छ। पहिलो […]

भारतमाथि न्युजिल्यान्डको फराकिलो जित

युएईमा जारी रहेको महिला टि२० विश्वकपमा न्युजिल्यान्डले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ । दुबईमा शुक्रवार भएको दिनको दोस्रो खेलमा […]

ब्याटिङ कोल्याप्स हुदा नेपाल पराजित

ब्याटिङमा फेरी चुक्दा नेपाल क्यानडामा फेरी पनि पराजित भएको छ । नेपाल क्यानडामा भएको ५० ओभरको अभ्यास खेलमा क्यानडा हाईप्रफमेन्ससँग […]