महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

२०८१ श्रावण ११, शुक्रबार ११:०९

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ ।

पहिलो सेमिफाइनलमा भारत र बंगलादेशबीच खेल हुनेछ । श्रीलंकाको डम्बुलामा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा दुईमा सुरु हुनेछ । शतप्रतिशत जितका साथ समूह ए को विजेता बनेको भारतले समूह बी को उपविजेता बंगलादेशसँग खेल्नेछ ।

आज नै हुने दोस्रो सेमिफाइनलमा श्रीलंका र पाकिस्तानबीच प्रतिस्पर्धा हुदैछ । पाकिस्तान र श्रीलंकाबीचको दोस्रो सेमिफाइनल खेल डम्बुलामा नै नेपाली समय अनुसार बेलुका सवा सातमा सुरु हुदैछ ।

शतप्रतिश जितसँगै तीन खेलबाट ६ अंक जोड्दै श्रीलंका समूह ‘बी’ को शीर्ष स्थानमा रहेर सेमिफाइनल प्रवेश गरेको हो । भने, पाकिस्तान तीन खेलमा दुई खेल जितेर समूह ‘ए’ उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो ।

दुबै सेमिफाइनलको विजेताबीच आईतबार उपाधीका लागि खेल हुनेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy