क्रिकेट समर्थक समाजको अध्यक्षमा भानु सिग्देल सर्बसम्मत

नेपाली क्रिकेट समर्थक समाजको काठमाडौँमा आज सम्पन्न प्रथम साधारण सभाले भानु सिग्देलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्बसम्मतिले निर्बाचित गरेको छ l

देशभरका समर्थक समाजको उपस्थितिमा कलंकीमा सम्पन्न साधारण सभाको निर्बाचित कार्यसमितिको उपाध्यक्षमा मिलन श्रेष्ठ , सचिबमा बिमल पौडेल ,सहसचिब बिराज घिमिरे तथा कोशाध्यक्ष प्रमोद बज्राचार्य रहेका छन्। यस्तै सदस्यहरुमा नारायण पराजुली, कपिल श्रेष्ठ, श्वेता चालिसे र तपेन्द्र जोशी चुनिएका छन्।
अध्यक्ष भानु सिग्देल
अध्यक्ष भानु सिग्देल
शुन्यतामा चलिरहेको नेपाली क्रिकेट, सरकार र मन्त्रालयबाट क्रीकेटको संरक्षणमा पर्याप्त भुमिका नखेलेको अवस्थामा सम्पुर्ण क्रिकेट समर्थककोआवाजलाइ सम्बोधन गर्दै नेपाली क्रिकेटको समर्थकहरु फेसबुक मार्फत जोडिदै समर्थक समाज स्थापना गरिएको हो l
 
साधारण सभाले नेपाल क्रिकेटको समग्र विसंगतिको खबरदारी गर्न अघि देखिएको समर्थक समाजले सधै जस्तै आगामी दिनमा पनि उक्त कार्यलाई अघि बढाउने र त्यसैअनुसारको नीति नाथ कार्यक्रमहरु पारित गरेको छ l आगामी दिनमा समाजले क्रिकेट प्रतियोगिता गराउने, संस्थाको साखा विस्तार गर्ने, कर्पोरेट हाउस र क्रिकेटका सरोकारवालासंग सम्पर्क विस्तार गर्ने, ओझेलमा परेका प्रतिभाहरुलाई अघि ल्याउने लगायत कार्यक्रम ल्याउने प्रतिबद्धता ब्यक्त समेत साधारण सभाले गरेको छ l
 
नेपाली क्रीकेट समर्थक समाजमा हाल २१ जना संस्थापक सदस्य, २६आजिबन सदस्य ,७ साधारण सदस्य र ६३ जना एसोसिएट सदस्यहरु रहेका छन् भने फेसबुक ग्रुपमा १ लाख ७८ हजार जना संगठित छन् l
 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy