क्रिकेट समर्थक समाजको अध्यक्षमा भानु सिग्देल सर्बसम्मत

nepali cricket supporters association

नेपाली क्रिकेट समर्थक समाजको काठमाडौँमा आज सम्पन्न प्रथम साधारण सभाले भानु सिग्देलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्बसम्मतिले निर्बाचित गरेको छ l

देशभरका समर्थक समाजको उपस्थितिमा कलंकीमा सम्पन्न साधारण सभाको निर्बाचित कार्यसमितिको उपाध्यक्षमा मिलन श्रेष्ठ , सचिबमा बिमल पौडेल ,सहसचिब बिराज घिमिरे तथा कोशाध्यक्ष प्रमोद बज्राचार्य रहेका छन्। यस्तै सदस्यहरुमा नारायण पराजुली, कपिल श्रेष्ठ, श्वेता चालिसे र तपेन्द्र जोशी चुनिएका छन्।
अध्यक्ष भानु सिग्देल
अध्यक्ष भानु सिग्देल
शुन्यतामा चलिरहेको नेपाली क्रिकेट, सरकार र मन्त्रालयबाट क्रीकेटको संरक्षणमा पर्याप्त भुमिका नखेलेको अवस्थामा सम्पुर्ण क्रिकेट समर्थककोआवाजलाइ सम्बोधन गर्दै नेपाली क्रिकेटको समर्थकहरु फेसबुक मार्फत जोडिदै समर्थक समाज स्थापना गरिएको हो l
 
साधारण सभाले नेपाल क्रिकेटको समग्र विसंगतिको खबरदारी गर्न अघि देखिएको समर्थक समाजले सधै जस्तै आगामी दिनमा पनि उक्त कार्यलाई अघि बढाउने र त्यसैअनुसारको नीति नाथ कार्यक्रमहरु पारित गरेको छ l आगामी दिनमा समाजले क्रिकेट प्रतियोगिता गराउने, संस्थाको साखा विस्तार गर्ने, कर्पोरेट हाउस र क्रिकेटका सरोकारवालासंग सम्पर्क विस्तार गर्ने, ओझेलमा परेका प्रतिभाहरुलाई अघि ल्याउने लगायत कार्यक्रम ल्याउने प्रतिबद्धता ब्यक्त समेत साधारण सभाले गरेको छ l
 
नेपाली क्रीकेट समर्थक समाजमा हाल २१ जना संस्थापक सदस्य, २६आजिबन सदस्य ,७ साधारण सदस्य र ६३ जना एसोसिएट सदस्यहरु रहेका छन् भने फेसबुक ग्रुपमा १ लाख ७८ हजार जना संगठित छन् l
 




थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]