केन्यासंग नेपालको खेल फाल्गुनमा नेपालमै

nepal vs kenya

बिश्व क्रिकेट लिग च्याम्पियनशिपको पाचौं चरणको केन्या संगको खेल तालिका सार्बजनिक भएको छ l

तालिका अनुसार पाचौं चरणमा नेपालले केन्या संग फाल्गुन २८ र ३० गते त्रिभुवन विश्वविद्यालय ( टियु ) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्नेछ l नेपालले बिश्व क्रिकेट लिगको चौथो चरणको खेल नेदरल्याण्डमा खेलेको थियो जसमा १ जित१ हार बेहोरेको थियो l

अन्तिम पटक टीयु मैदानमा नेपालले यसै बर्ष बैशाखमा नामिबियाको सामना गरेको थियो जसको दुवै खेलमा नेपाल बिजयी भएको थियो l

लिगको चौथो चरणको खेल सकिदा नेपालले खेलेको कुल ८ वटा खेलमा ३ मा जित र ५ वटामा हार बेहोर्दै ६ अंक सहित अंक तालिकाको छैठौ स्थानमा छ l नेपाल भन्दा १ स्थान माथि रहेको केन्याको ८ खेलमा ४ जित र ४ हार सहित ८ अंक रहेको छ l तालिकाको पहिलो स्थानमा पपुवा न्यु गिनी, दोश्रोमा नेदरल्याण्ड, तेश्रोमा हंगकंग र चौथोमा स्कटल्याण्ड रहेका छन् l नेपाल भन्दा तल सातौ स्थानमा नामिबिया र आठौमा युएई रहेका छन् l

अंक तालिका

Team Pld W L T NR Pts NRR
 PNG 8 6 2 0 0 12 +0.037
 Netherlands 8 5 1 0 2 12 +1.557
 Hong Kong 8 5 2 0 1 11 +1.358
 Scotland 8 4 1 0 3 11 +0.245
 Kenya 8 4 4 0 0 8 +0.014
   Nepal 8 3 5 0 0 6 –0.505
 Namibia 8 1 7 0 0 2 –0.507
 UAE 8 1 7 0 0 2 –1.319

 

बिश्व क्रिकेट लिगमा नेपालले छैठौ चरणमा हंगकंग संग , सातौ चरणमा युएई संग खेल्न बाँकी रहेको छ l प्रतियोगिताको शिर्ष ४ टोलि भित्र पर्ने टोलिले बंगलादेशमा संचालन हुने २०१८ को आईसीसी बिश्वकप छनौटमा सहभागिता पक्का गर्नेछ l

हंगकंग, केन्या र युएई संग खेल्न बाँकी रहेको अवस्थामा नेपाल चौथो स्थान भित्र पर्न बाँकी खेलहरु जित्नु पर्ने दबाब नेपाल सामु छ l यो अवस्थामा नेपालमै हुने खेलमा केन्यालाई पराजित गर्न सके नेपालको शिर्ष ४ भित्र पर्ने सम्भावना बढ्नेछ l  बाँकी खेल तालिका यहाँ हेर्नुस 





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]