केन्यासंग नेपालको खेल फाल्गुनमा नेपालमै

बिश्व क्रिकेट लिग च्याम्पियनशिपको पाचौं चरणको केन्या संगको खेल तालिका सार्बजनिक भएको छ l

तालिका अनुसार पाचौं चरणमा नेपालले केन्या संग फाल्गुन २८ र ३० गते त्रिभुवन विश्वविद्यालय ( टियु ) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्नेछ l नेपालले बिश्व क्रिकेट लिगको चौथो चरणको खेल नेदरल्याण्डमा खेलेको थियो जसमा १ जित१ हार बेहोरेको थियो l

अन्तिम पटक टीयु मैदानमा नेपालले यसै बर्ष बैशाखमा नामिबियाको सामना गरेको थियो जसको दुवै खेलमा नेपाल बिजयी भएको थियो l

लिगको चौथो चरणको खेल सकिदा नेपालले खेलेको कुल ८ वटा खेलमा ३ मा जित र ५ वटामा हार बेहोर्दै ६ अंक सहित अंक तालिकाको छैठौ स्थानमा छ l नेपाल भन्दा १ स्थान माथि रहेको केन्याको ८ खेलमा ४ जित र ४ हार सहित ८ अंक रहेको छ l तालिकाको पहिलो स्थानमा पपुवा न्यु गिनी, दोश्रोमा नेदरल्याण्ड, तेश्रोमा हंगकंग र चौथोमा स्कटल्याण्ड रहेका छन् l नेपाल भन्दा तल सातौ स्थानमा नामिबिया र आठौमा युएई रहेका छन् l

अंक तालिका

Team Pld W L T NR Pts NRR
 PNG 8 6 2 0 0 12 +0.037
 Netherlands 8 5 1 0 2 12 +1.557
 Hong Kong 8 5 2 0 1 11 +1.358
 Scotland 8 4 1 0 3 11 +0.245
 Kenya 8 4 4 0 0 8 +0.014
   Nepal 8 3 5 0 0 6 –0.505
 Namibia 8 1 7 0 0 2 –0.507
 UAE 8 1 7 0 0 2 –1.319

 

बिश्व क्रिकेट लिगमा नेपालले छैठौ चरणमा हंगकंग संग , सातौ चरणमा युएई संग खेल्न बाँकी रहेको छ l प्रतियोगिताको शिर्ष ४ टोलि भित्र पर्ने टोलिले बंगलादेशमा संचालन हुने २०१८ को आईसीसी बिश्वकप छनौटमा सहभागिता पक्का गर्नेछ l

हंगकंग, केन्या र युएई संग खेल्न बाँकी रहेको अवस्थामा नेपाल चौथो स्थान भित्र पर्न बाँकी खेलहरु जित्नु पर्ने दबाब नेपाल सामु छ l यो अवस्थामा नेपालमै हुने खेलमा केन्यालाई पराजित गर्न सके नेपालको शिर्ष ४ भित्र पर्ने सम्भावना बढ्नेछ l  बाँकी खेल तालिका यहाँ हेर्नुस 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy