क्रिकेट खेल्न थाईल्याण्डमा दांगको योंगस्टार ( भिडियो सहित )

Youngstar cricket club dang

थाईल्याण्ड रास्ट्रिय क्रिकेट टिमसंग मैत्रीपूर्ण क्रिकेट खेल्न दांगको योंगस्टार क्रिकेट क्लब टिम शुक्रबार थाईल्याण्ड प्रस्थान गरेको छ l

५ दिन थाईल्याण्डमा बिताउने क्लबले त्यहाँ रहुन्जेल स्थानीय क्लबसंग र थाईल्याण्ड रास्ट्रिय क्रिकेट टिमसंग मैत्रीपूर्ण टि-२० तथा एकदिवसीय क्रिकेट खेल्ने कार्यक्रम रहेको छ l भ्रमण टोलिमा १३ जना खेलाडी सहित प्रशिक्षक, म्यानेजर र अन्य अफिसियल गरि जम्मा २० जना रहेका छन् l

क्लबले शनिबार थाईल्याण्ड रास्ट्रिय क्रिकेट टिमसंग शनिबार एकदिवसीय खेल खेल्ने कार्यक्रम रहेको छ l ( खेलबारे अपडेट विकेटनेपाल पेजमा गर्नेछौ   )

थाईल्याण्डतर्फ जाने क्रममा योंगस्टार टिमको कप्तान रुपेश शर्माले विकेटनेपालसंग कुराकानी गर्दै स्थानीय खेलाडीहरुलाई एक्सपोजर दिनको लागि भ्रमण आयोजना गरिएको बताए l भ्रमणले यस क्षेत्रको खेलाडी पनि सम्बन्धित निकायको आँखामा पर्ने विश्वास गर्दै img_9206प्रत्येक बर्ष निरन्तरता दिने हिसाबले आगामी दिनमा अघि बढ्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् l

टिममा अधिकांश स्थानीय खेलाडी रहेका छन् जसमा २ जना काठमाडौँका खेलाडी रहेका छन् l थाईल्याण्ड भ्रमणको लागि खेलाडी आफैले, क्लबले र बिभिन्न स्थानीय प्रायोजकहरु मार्फत खर्च ब्यबस्थापन गरिएको शर्माले जानकारी दिए l

स्थानीय स्तरमा प्रत्येक बर्ष स्तरीय प्रतियोगिता आयोजना गर्ने तथा बिभिन्न प्रतियोगितामा सहभागिता जनाउदै आएको क्लबले गर्न लागेको यो पहिलो विदेश भ्रमण हो l क्लबको भ्रमणलाई रास्ट्रिय खेलकुद परिषदले मान्यता दिएको छ भने थाईल्याण्ड क्रिकेट एसोसियसनले साथ दिनेछ l

सहभागी टिम : 

रुपेश शर्मा ( कप्तान ) , दिपेश शाक्य, सुदिप नेपाली, सोनु तामांग, प्रशन्न शाक्य ,आशिष सिंग, केशब प्रसाद शर्मा, दिवस पुन, सफल कुमार पुरी, ऋषि राज लहरे, प्रविन अधिकारी, आकाश सिंह, बिरसिंग ओली

बिनिल केसी ( प्रशिक्षक ) , सिताराम शर्मा ( टिम म्यानेजर ) , गणेश शाही ( सहायक टिम म्यानेजर ) , हुमेंद्र खड्का ( मिडिया म्यानेजर ) , डा. सुबोध कुमार शर्मा ( फिजियो ) , हेमराज बस्नेत ( टेक्निकल एनालिस्ट ) , शिखर बहादुर विश्वकर्मा ( अफिसियल )

यो पनि पढ्नुस :- 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]