क्रिकेट खेल्न थाईल्याण्डमा दांगको योंगस्टार ( भिडियो सहित )

थाईल्याण्ड रास्ट्रिय क्रिकेट टिमसंग मैत्रीपूर्ण क्रिकेट खेल्न दांगको योंगस्टार क्रिकेट क्लब टिम शुक्रबार थाईल्याण्ड प्रस्थान गरेको छ l

५ दिन थाईल्याण्डमा बिताउने क्लबले त्यहाँ रहुन्जेल स्थानीय क्लबसंग र थाईल्याण्ड रास्ट्रिय क्रिकेट टिमसंग मैत्रीपूर्ण टि-२० तथा एकदिवसीय क्रिकेट खेल्ने कार्यक्रम रहेको छ l भ्रमण टोलिमा १३ जना खेलाडी सहित प्रशिक्षक, म्यानेजर र अन्य अफिसियल गरि जम्मा २० जना रहेका छन् l

क्लबले शनिबार थाईल्याण्ड रास्ट्रिय क्रिकेट टिमसंग शनिबार एकदिवसीय खेल खेल्ने कार्यक्रम रहेको छ l ( खेलबारे अपडेट विकेटनेपाल पेजमा गर्नेछौ   )

थाईल्याण्डतर्फ जाने क्रममा योंगस्टार टिमको कप्तान रुपेश शर्माले विकेटनेपालसंग कुराकानी गर्दै स्थानीय खेलाडीहरुलाई एक्सपोजर दिनको लागि भ्रमण आयोजना गरिएको बताए l भ्रमणले यस क्षेत्रको खेलाडी पनि सम्बन्धित निकायको आँखामा पर्ने विश्वास गर्दै img_9206प्रत्येक बर्ष निरन्तरता दिने हिसाबले आगामी दिनमा अघि बढ्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् l

टिममा अधिकांश स्थानीय खेलाडी रहेका छन् जसमा २ जना काठमाडौँका खेलाडी रहेका छन् l थाईल्याण्ड भ्रमणको लागि खेलाडी आफैले, क्लबले र बिभिन्न स्थानीय प्रायोजकहरु मार्फत खर्च ब्यबस्थापन गरिएको शर्माले जानकारी दिए l

स्थानीय स्तरमा प्रत्येक बर्ष स्तरीय प्रतियोगिता आयोजना गर्ने तथा बिभिन्न प्रतियोगितामा सहभागिता जनाउदै आएको क्लबले गर्न लागेको यो पहिलो विदेश भ्रमण हो l क्लबको भ्रमणलाई रास्ट्रिय खेलकुद परिषदले मान्यता दिएको छ भने थाईल्याण्ड क्रिकेट एसोसियसनले साथ दिनेछ l

सहभागी टिम : 

रुपेश शर्मा ( कप्तान ) , दिपेश शाक्य, सुदिप नेपाली, सोनु तामांग, प्रशन्न शाक्य ,आशिष सिंग, केशब प्रसाद शर्मा, दिवस पुन, सफल कुमार पुरी, ऋषि राज लहरे, प्रविन अधिकारी, आकाश सिंह, बिरसिंग ओली

बिनिल केसी ( प्रशिक्षक ) , सिताराम शर्मा ( टिम म्यानेजर ) , गणेश शाही ( सहायक टिम म्यानेजर ) , हुमेंद्र खड्का ( मिडिया म्यानेजर ) , डा. सुबोध कुमार शर्मा ( फिजियो ) , हेमराज बस्नेत ( टेक्निकल एनालिस्ट ) , शिखर बहादुर विश्वकर्मा ( अफिसियल )

https://www.youtube.com/watch?v=cGhfvJgfntc

यो पनि पढ्नुस :- 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy