आज अस्ट्रेलिया जाँदै रुबिना

महिला बिगब्यास लिगको टिम मेलबर्न रेनेगेड्स टिममा प्रशिक्षण गर्ने मौका पाएकी रुबिना क्षेत्री बुधबार १२:३० बजे अस्ट्रेलिया प्रस्थान गर्नेछिन् l

रुबिना सहित ६ एसोसियट रास्ट्रका ८ खेलाडीहरुलाई बिग ब्यासका आठ टिममा स्थान दिईएको हो l नेपालबाट रुबिनासंगै हंगकंग बाट एम्मा लाई, आयरल्याण्डबाट गाबी लुइस र किम गार्थ, स्कटल्याण्डबाट क्याथरिन ब्राइस, पपुवा न्यु गिनीबाट कोनियो ओला र रभिनी ओएले मौका पाएका छन् l रुबिना मर्लबर्न रेनेगेड्स टिमको हिस्सा हुनेछिन् l

छानिएका खेलाडीहरुले महिला बिग ब्यास लिगमा खेलाडी घाइते भएमा टोलिमा समेत स्थान बनाउने आईसीसीले आफ्नो प्रेस बिज्ञप्तिमा बताएको छ l  खेलाडीहरुले २ हफ्ता अस्ट्रेलिया बसाईको क्रममा कोहि बिग ब्यास क्लबमा अनुबन्धित खेलाडी घाइते भएको खण्डमा स्थानीय खेलाडी सरह टिममा प्रतिस्थापन गर्न पाउने बताईएको छ l

बिग ब्यास लिगको दोश्रो सिजन १० डिसेम्बर देखि सुरु भइसकेको छ जुन २८ जनवरी सम्म चल्नेछ l

एसोसियट रास्ट्रहरुको खेलाडीहरुलाई पनि एक्सपोजरको मौका दिन गत वर्ष देखि यो कार्यक्रम थालिएको हो l

गत बर्ष पहिलो महिला बिग ब्यास लिगले सफलता पाएपछि यो सुरुवातबाट क्रिकेटका उदयमान रास्ट्रलाई समेत सामेल गराउन क्रिकेट अस्ट्रेलिया संग सहकार्यमा यो प्रयासको थालनी गरिएको आईसीसीले बताएको छ l

रुबिना यस भन्दा अघि पनि एसीसीको कार्यक्रममा श्रीलंकामा २०१३ मा श्रीलंकन ए डिभिजन महिला क्रिकेट लिगमा पालिंक स्पोर्ट्स क्लबबाट खेल्ने अवसर पाएकी थिईन् l २०१२ देखि नेपाली महिला क्रिकेट टिमको कप्तानी सम्हालिरहेकी रुबिनाले २००९ को एसीसी वोमेन्स टि-२० देखि नेपाली टिमको प्रतिनिधित्व गरिरहेकी छिन् l

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy