आज अस्ट्रेलिया जाँदै रुबिना

rubina chhetry

महिला बिगब्यास लिगको टिम मेलबर्न रेनेगेड्स टिममा प्रशिक्षण गर्ने मौका पाएकी रुबिना क्षेत्री बुधबार १२:३० बजे अस्ट्रेलिया प्रस्थान गर्नेछिन् l

रुबिना सहित ६ एसोसियट रास्ट्रका ८ खेलाडीहरुलाई बिग ब्यासका आठ टिममा स्थान दिईएको हो l नेपालबाट रुबिनासंगै हंगकंग बाट एम्मा लाई, आयरल्याण्डबाट गाबी लुइस र किम गार्थ, स्कटल्याण्डबाट क्याथरिन ब्राइस, पपुवा न्यु गिनीबाट कोनियो ओला र रभिनी ओएले मौका पाएका छन् l रुबिना मर्लबर्न रेनेगेड्स टिमको हिस्सा हुनेछिन् l

छानिएका खेलाडीहरुले महिला बिग ब्यास लिगमा खेलाडी घाइते भएमा टोलिमा समेत स्थान बनाउने आईसीसीले आफ्नो प्रेस बिज्ञप्तिमा बताएको छ l  खेलाडीहरुले २ हफ्ता अस्ट्रेलिया बसाईको क्रममा कोहि बिग ब्यास क्लबमा अनुबन्धित खेलाडी घाइते भएको खण्डमा स्थानीय खेलाडी सरह टिममा प्रतिस्थापन गर्न पाउने बताईएको छ l

बिग ब्यास लिगको दोश्रो सिजन १० डिसेम्बर देखि सुरु भइसकेको छ जुन २८ जनवरी सम्म चल्नेछ l

एसोसियट रास्ट्रहरुको खेलाडीहरुलाई पनि एक्सपोजरको मौका दिन गत वर्ष देखि यो कार्यक्रम थालिएको हो l

गत बर्ष पहिलो महिला बिग ब्यास लिगले सफलता पाएपछि यो सुरुवातबाट क्रिकेटका उदयमान रास्ट्रलाई समेत सामेल गराउन क्रिकेट अस्ट्रेलिया संग सहकार्यमा यो प्रयासको थालनी गरिएको आईसीसीले बताएको छ l

रुबिना यस भन्दा अघि पनि एसीसीको कार्यक्रममा श्रीलंकामा २०१३ मा श्रीलंकन ए डिभिजन महिला क्रिकेट लिगमा पालिंक स्पोर्ट्स क्लबबाट खेल्ने अवसर पाएकी थिईन् l २०१२ देखि नेपाली महिला क्रिकेट टिमको कप्तानी सम्हालिरहेकी रुबिनाले २००९ को एसीसी वोमेन्स टि-२० देखि नेपाली टिमको प्रतिनिधित्व गरिरहेकी छिन् l





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]