हिमालको अर्धशतक मदतले बुटवल-११ ‘ए’ डिभिजनमा

  •  विकेटनेपाल – भैरहवा, १७ माघ

स्टार क्रीकेट क्लव पडसरीलाई ५ विकेटले हराउदै बुटवल-११ भैरहवा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगको ‘ए’ डिभीजनमा प्रवेश गरेको छ ।

भैरहवा स्थित शिद्धार्थ रगंसालामा सोमवार भएको खेलमा स्टार क्रीकेट क्लवलाई पराजित गर्दै बुटवल-११ डिभीजन ‘ए’ मा प्रवेश गरेको हो।

टस जितेर ब्याटिंग गरेको स्टार निर्धारीत ४० ओभरको खेलमा ३२.३ ओभरमा सवै विकेट गुमाउर्दै १ सय २५ रनमा समेटियो l प्रति-उत्तरमा मैदान छिरेको बुटवल ११ ले २२.४ ओभरमा ५ बिकेट गुमाई लक्ष्य पुरा गर्यो । बुटवल-११ का लागि हिमाल पुनले ५१, मौसम श्रेष्ठले नटआउट २२, पदम पराजुलीले १४ रन बनाए । बलिंग तर्फ स्टारका सन्तोस क्षेत्रीले २ तथा गोविन्द खत्री, सचिन केसी र कुसल मल्लले १/१ बिकेट लिए।

स्टारका लागि मिर्नाल गुरुङले ३२ तथा सुनिल साहनीले २० रनको योगफल तयार पारे पनि जितका लागि प्रर्याप्त भएन । खेलको म्यान अफ द म्याच बुटवलका हिमाल पुन घोषित भए l

नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा जारी प्रतियोगितामा मगंलवार ‘बि’ डिभीजनमा रहेका क्लवहरु बिचको अन्तीम खेल हुनेछ । अन्तीम खेलमा बुम एनसीसी क्रीकेट क्लव भैरहवा र गोलपार्क क्रीकेट क्लव बुटवल बिच प्रतिस्पर्धा हुदै छ ।

फागुन ४ गते सम्म सचांलन हुने प्रतियोगीताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृस्त खेलाडीले १० हजार, उत्कृस्त बलर र उत्कृस्त ब्याट्सम्यानल दुबैले ५/५ हजार नगद पुरस्कार पाउने छन् । प्रतोयोगितामा रुपन्देहीका सात वटा ‘ए’ डिभिजन क्लब र १२ बटा ‘बि’ डिभीजनका क्लबहरुले भाग लिएका छन् ।





थप समाचार

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]