नेपाल प्रिमियर लिग : आज पनि दुई खेल हुदै

२०८२ मंसिर ९, सोमबार ०७:५५

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) मा आज (सोमबार) पनि दुई खेल हुदैछ ।

आज हुने पहिलो खेलमा अपराजित विराटनगर किंग्सले साबिक विजेता जनकपुर बोल्ट्सको सामना गर्दै छ । दुईबीचको खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम कीर्तिपुरमा बिहान ११ः४५ मा सुरु हुनेछ ।

खेलेको दुवै खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा रहेको विराटनगर आजको खेल जित्दै प्लेअफ सम्भावना बलियो बनाउँने लक्ष्यमा छ ।

उता, पहिलो संस्करणको विजेता जनकपुर पहिलो खेलमा पाएको हार बिर्सदै जित निकाल्ने लक्ष्यमा छ । जनकपुर प्रतियोगिताको पहिलो खेलमा काठमाडौं गोर्खाजसँग पराजित भएको थियो ।

आज नै हुने दोस्रो खेलमा साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सको सामना गर्दै छ । खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा अपरान्ह ४ बजे सुरु हुनेछ ।

खेलेको दुवै खेलमा जित सहित अपराजित सुदूरपश्चिम यस खेल पनि जित्दै प्लेअफ सम्भावना बलियो बनाउँन चाहन्छ । कर्णाली पनि जित निकाल्दै अघिल्लो चरणको यात्रा बलियो बनाउँन चाहन्छ ।

मंसिर २७ सम्म चल्ने प्रतियोगितामा ८ टोलीको सहभागीता रहेको छ ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy