बुम एमसीसी सहित ५ क्लब ‘ए’ डिभिजनमा : रुपन्देही सुपर लिग

  • विकेटनेपाल- भैरहवा, १८ माघ

भैरहवामा जारी नेपाल टेलीकम रुपन्देही सुपर लिगबाट ए डिभिजन पुग्ने पाँच क्लवको टुंगो लागेको छ । नयाँ क्लवको टुंगो लागेसंगै रुपन्देही सुपर लिग ए डिभीजनमा १२ वटा क्लव भएका छन् ।

यो बर्ष बुम एमसिसी क्रीकेट कलव भैरहवा, बुटवल ११ बुटवल, वेस्टर्न क्रीकेट क्लव बुटवल, देवदह क्रीकेट युनीट देवदह र एपेक्स क्रीकेट क्लव शंकरनगरले ‘बि’ डिभीजनबाट ए डिभीजनमा प्रवेश पाए ।

लुम्बिनी खुकुरी क्लब बेलहिया, प्रोफेस्नल मास्टर-११ भैरहवा, बुद्ध स्पोर्टिङ क्लब भैरहवा, शिव शक्ति क्लब भैरहवा, करहिया क्रिकेट क्लब मङलापुर, शंकर नगर र न्यु होराइजन क्रिकेट क्लब बुटवल यसअघीनै ए डिभीजनमा छन् । यि १२ बटा ए डिभीजनका क्लवहरु बिच ४ समुहमा बिभाजन गरी बुधवारदेखी सुपरलिग हुनेछ । चार क्लवको एक समुहबाट एक टिम सेमीफाईनलमा प्रवेश गर्नेछ ।

मगंलवार ‘बि’ डिभीजन अन्तरर्गत भएको अन्तीम खेलमा गोलपार्क क्रीकेट क्लव बुटवललाई हराउदै बुम एमसिसी क्रीकेट क्लव भैरहवा ए डिभीजनमा प्रबेस गरेको छ । टस जितेर पहीला ब्याटिंग गरेको बुमले निर्धारीत ३५ ओभरको खेलमा ३३.१ ओभरमा १ सय ९ रनको लक्ष्य प्रस्तुत गर्दै अलआउट भएको थियो । जवाफमा मैदान छिरेको गोलपार्क १८.५ ओभरमा ५५ रनमा समेटीए पछि बुमले सहज रुपमा जित हात पार्दै ए डिभीजनमा प्रवेश गर्यो ।

यसअघी एक खेल जितेर ए डिभीजनकोलागी प्रतिस्पर्धामा आएको गोलपार्कका खेलाडीले मगंलवार राम्रो खेल्न सकेनन् । बुमका लागि कुल बहादुर थापाले ३९, प्रज्वल थापाले १४, अनील जयसवारले ११ रन बनाए । बलिंगतर्फ गोलपार्कका नवीन खड्का र हरजित सिंहले ३/३ तथा रविन सुवेदी, अर्जुन गिरीले १/१ बिकेट लिए ।

गोलपार्कका लागी १९ रनको दोहोरो अकं रजेस थापाले मात्र बनाए ।  बुमका राहुल चौहान एक्लैले ४, तुलबहादुर थापा र सन्दीप केसीले ३/३ विकेट लिए । खेलको म्यान अफ द म्याच बुमका राहुल चौहान घोषीत भए l

भैरहवा स्थित शिद्धार्थ रगंसालामा बुधवार ‘ए’ डिभीजन अन्तर्गत पहीलो खेल समुह ‘ए’ का लुम्विनी खुकुरी क्रीकेट क्लव बेलहीया र शंकरनगर क्रीकेट क्लव बिच हुनेछ । नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा जारी प्रतियोगिता फागुन ४ गते सम्म सचांलन हुने छ । प्रतियोगीताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृस्ट खेलाडीले १० हजार, उत्कृस्ट बलर र उत्कृस्ट ब्याट्सम्यानल दुबैले ५/५ हजार नगद पुरस्कार पाउने छन् ।





थप समाचार

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]