पदमले जिताए ज्ञानोदयलाई : रुपन्देही सुपर लिग

  • विकेटनेपाल- भैरहवा, २० माघ

भैरहवामा जारी रुपन्देही सुपर लिग अन्तर्गत ‘ए’ डिभीजनको समुह ‘बि’ को बिहीबारको पहीलो खेलमा ज्ञानोदय क्रीकेट क्लव करैया बिजयी भएको छ। गतबर्ष सेमीफाइनल पुगेको प्रोफेसनल मास्टर्स-११ भैरहवालाई हराउर्दै ज्ञानोदय बिजयी भएको हो ।

टस जितेर पहीला ब्याटिंग गरेको मास्टर्स निर्धारीत ४० ओभरको खेलमा १९.४ ओभरमा ७२ रनमा अलआउट भएको थियो । झीनो रनको लक्ष्य पछ्याउदै जवाफमा ब्याटिंग गरेको ज्ञानोदयले १७.२ ओभरमा ४ विकेटको क्षतीमा ७७ रन बनाउदै सहज रुपमा लक्ष्य पुरा गर्दै ६ विकेटको जित दर्ता गर्यो।

ज्ञानोदयका लागि निशान्त शर्माले अविजित २१, मनिस पौडेलले १९ रन बनाए । बलिंगमा मास्टर्सका राहुल थापाले २ तथा दुर्गा सेन र नासिफ अनसारीले १/१ बिकेट लिए । मास्टर्सकालागी इमरान खाँनले २५ रन बनाए । बलिंग तर्फ ज्ञानोदयका पदम खवासले ५, बिष्णु न्यौपाने ३ विकेट झारेका थिए । खेलको म्यान अफ द म्याच ज्ञानोदयका पदम खवास घोषीत भए l

रुपन्देही क्रीकेट सघंको आयोजना, नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत शुक्रवार समुह सिमा रहेका बुम एमसीसी भैरहवा र वेस्टन क्रीकेट क्लव बुटवल बिच प्रतिस्पर्धा हुने छ । यि दुवै क्लव जारी लिग बाट ए डिभीजनमा प्रबेस गरेका हुन् ।

भैरहवा स्थित शिद्धार्थ रगंसालामा जारी प्रतियोगीता फागुन ४ गते सम्म सचांलन हुने छ । प्रतियोगीताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृस्ट खेलाडीले १० हजार, उत्कृस्ट बलर र उत्कृस्ट ब्याट्सम्यानल दुबैले ५/५ हजार नगद पुरस्कार पाउने छन् ।





थप समाचार

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]