गोल्डेनगेटको बिशाल जित

suman uday
  • विकेटनेपाल , २५ चैत 

स्पन्सर युनिभर्सिटी क्रिकेट कप अन्तर्गत चौथो दिनको खेलमा गोल्डेन गेट कलेज र के एण्ड के कलेजले जित हात पार्दै क्वार्टरफाइनल प्रबेस गरेका छन् l

शुक्रबारको पहिलो खेलमा गोल्डेन गेटले काठमाडौँ युनिभर्सिटीलाई १० विकेटको बिशाल अन्तरले पराजित गर्यो l

टस हारेर पहिले ब्याटिंग गरेको काठमाडौँ युनिभर्सिटीले पहिले इनिंगमा १६ ओभरमा सम्पूर्ण विकेट गुमाई ४४ रन मात्रै बनाउन सक्यो l गोल्डेन गेट बलर सुमन उदयले ४ विकेट ( ४-०-१८-४ ) तथा प्रशन्न शाक्य र इन्द्रकमल मानन्धरले २-२ विकेट लिए l

४५ रनको लक्ष गोल्डेन गेटले २.५ ओभरमा विकेट नगुमाई भेटायो l विजय गौतमले अविजित १७ तथा इन्द्रकमल मानन्धरले अविजित २३ रन बनाउदै गोल्डेनगेटलाई जितसम्म पुर्याए l खेलको म्यान अफ द म्याच सुमन उदय घोषित भए l

यस्तै दोश्रो खेलमा टस जितेर ब्याटिंग गरेको राजर्सी जनक कलेजले बनाएको १२६ रनको जवाफमा ब्याटिंग गरेको के एण्ड के कलेजले ४ विकेट गुमाउदै लक्ष पुरा गर्यो l राजर्सीको लागि सुदिप मणि नेपालीले २९ तथा सुर्दर्शन जोशीले २६ रन बनाए l बलिंग तर्फ के एण्ड केका कौशल बस्नेत र राम भट्टराईले ३/३ विकेट हात पारे l

के एण्ड केका ब्याट्सम्यान राम भट्टराईले ४२ तथा अल्ड्रिन शिवले अविजित २८ रन बनाएका थिए l खेलको म्यान अफ द म्याच राम भट्टराई घोषित भए l

युनिभर्सिटी क्रिकेट क्लबले आयोजना गरेको प्रतियोगितामा १६ टोलि सहभागी छन् l प्रतियोगिताको फाइनल खेल २९ चैतमा खेलिनेछ l





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]