आशिष र अल्फाजको अलराउण्ड प्रदर्शन मदतले टियु र शंकर देब सेमीफाइनलमा

ashish pokhrel
  • विकेटनेपाल, २६ चैत 

स्पन्सर युनिभर्सिटी क्रिकेट कप अन्तर्गत पाचौ दिनको खेलमा त्रिभुवन विश्वबिध्लायल ( टियु ) र शंकर देब क्याम्पसले जित हात पर्दै सेमीफाइनलमा प्रवेश गरेका छन् l

युनिभर्सिटी क्रिकेट क्लब द्वारा आयोजित प्रतियोगिताको आजको पहिलो क्वार्टरफाइनल खेलमा टस जितेर्को निस्ट कलेजले पहिले ब्याटिंग गर्दै १९.२ ओभरमा सबै विकेट गुमाई ८६ रन बनायो l निस्टका सन्तोष पौडेलले २३ रन बनाए भने  टियुका बलर अल्फाज मन्सुरीले ४ विकेट ( ३.२-०-८-४ ) हात पारे भने सागर ढकालले २ विकेट हात पारे l

८७ रनको लक्ष टियुले १७ ओभरमा ४ विकेट गुमाउदै भेटायो l टियु ब्याट्सम्यान प्रदिप टन्डनले ३६ रन बनाए भने म्यान अफ द म्याच समेत घोषित अल्फाज मन्सुरीले अविजित २३ रन बनाउदै टिमलाई सहज जित दिलाए l

यस्तै आज सम्पन्न दोश्रो खेलमा ग्लोबल कलेजलाई शंकर देब क्याम्पसले ६७ रनले पराजित गर्यो l

टस जितेर ब्याटिंग गरेको शंकर देब क्याम्पसले पहिले इनिंगमा २० ओभर ब्याटिंग गर्दै १३८/९ को स्कोर खडा गर्यो l जवाफमा ग्लोबल कलेज १३.१ ओभरमा ७१ रनमै समेटियो l

शंकर देबका ब्याट्सम्यान आशिष पोखरेलले ५० रनको योगदान दिएका थिएय् l बलिंग तर्फ पनि पोखरेलले ४ विकेट तथा रबिन चन्दले ४ विकेट लिंदै टिमलाई सहज जित दिलाए l पोखरेल म्यान अफ द म्याच चुनिए l





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]