हंगकंगसंग खेल अघि नेपाललाई झट्का, शक्ति गौचन नखेल्ने

Shakti Gauchan
  • विकेटनेपाल, ९ भदौ

आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अक्टोबरमा हंगकंगसंग हंगकंगमा खेलिने खेलमा शक्ति गौचन नखेल्ने भएका छन् l

प्रतियोगिताको लागि शुक्रबार देखि नेपाली टिमले आफ्नो अभ्यास सुरु गरेको छ जसबाट गौचनले आफ्नो नाम फिर्ता गरिसकेको नेपाली टिमका ब्यबस्थापक रमन शिवाकोटीले विकेटनेपाललाई जानकारी गराएका छन् l

गौचनलाई ३ महिना अघि टाइफाइड भएको थियो जुन निको भएपछि पुनः गौचनलाई पायल्सले ग्रस्त बनाएको हो l

विकेटनेपालसंग कुरा गर्दै गौचनले आफुलाई १ महिना अघि पायल्सले निकै सताएको जसपछि हाल केहि सुधार भए पनि पूर्णतया निको नभई खेलेर जोखिम लिन नचाहेको बताएका छन्-

“औषधि गरेपछि अहिले ब्लिडिंग रोकिएको छ दुखाई भने अझै कम भएको छैन l म प्रतियोगिता अघिसम्म त ठिक हुन्छु होला तर यति ठुलो खेल अघि रिस्क लिने सोच आएन”

पायल्सले च्याप्नु अघि गौचन भारत गएका थिए जहाँ उनले साथीको आग्रहमा मसालेदार खानेकुरा खाएका थिए l हाल शक्ति चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुको साथै घरमै आराम गरिरहेका छन् l

हंगकंग खेल अघि निको पनि हुँला तर १००% फिट नभई खेल्न आफ्नो मनले मानेन

बिगत १५ बर्ष देखि गौचन पायल्सबाट पिडित छन् जसको सुरुवात सन् २००२ को सिंगापुरमा सम्पन्न एसीसी ट्रफीबाट भएको थियो l १५ बर्ष देखिको समस्या भए पनि अहिले जस्तो दुखाई र ब्लिडिंग पहिले नभएको उनले बताए l

“एसीसी ट्रफी २००२ प्रतियोगिताको फाइनलमा मलाई पायल्सले ठुलो दुख दिएको थियो तै पनि मैले फाइनल खेल खेलेको थिए l जसपछि पनि बारम्बार सताईरहेको थियो तर अहिलेको जस्तो दुखाई र  ब्लिडिंग पहिले भएको थिएन” पिंडाका बाबजुत उक्त प्रतियोगिताको फाइनल खेलमा गौचनले ४७ रन बनाएका थिए l कुल २४८ रन बनाएका गौचन उक्त प्रतियोगितामा नेपालको लागि सर्बाधिक रन बनाउने तथा प्रतियोगिताकै पाँचौ धेरै रन बनाउने खेलाडी थिए l

हंगकंगसंग बिश्व क्रिकेट लिगको खेल नेपालको लागि निकै महत्वपूर्ण रहेको जसको लागि आफ्नो स्वास्थ्यसंग जोखिम मोल्नु भन्दा बरु हंगकंग पछि युएईसंगको महत्वपूर्ण रहने खेलमा योगदान दिने गौचनले सोच बनाएका छन् l

“हंगकंग खेल अघि निको पनि हुँला तर १००% फिट नभई खेल्न आफ्नो मनले मानेन त्यसैले केहि दिन अघिनै प्रशिक्षक जगत टमाटालाई नखेल्ने जानकारी गराईसकेको थिए”

शक्ति गौचन नखेल्ने भएपछि उनको सट्टा यु-१९ क्रिकेट टिमबाट एकजना खेलाडीले अन्तिम २५ जना टिममा मौका पाउने ब्यबस्थापक शिवाकोटीले बताएका छन् l शिवाकोटीका अनुसार हंगकंग खेलको लागि शनिबार अन्तिम २५ जना नेपाली टिमको अधिकारिक घोषणा गरिनेछ l

गौचनले जेठमा सम्पन्न प्रधानमन्त्री कप प्रतियोगितामा सहभागिता जनाएका थिएनन् l उनि अन्तिम पटक धनगढी प्रिमियर लिगमा रुपन्देहीको लागि खेलेका थिए l

 

 

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]