शरद, दिपेन्द्र र प्रशिक्षक टमाटा मनोनयनमा, हेर्नुस कुन विधामा को-को खेलाडी ( पल्सर स्पोर्ट्स अवार्ड )

  • विकेटनेपाल, १८ भदौ- आइतबार 

भदौ २६ गते आयोजना हुने पल्सर स्पोर्टस् अवार्ड २०७३ को बिभिन्न विधाको मनोनयन सार्वजनिक गरिएको छ l

बर्षको उत्कृस्ट महिला र पुरुष खेलाडी, उत्कृस्ट युवा खेलाडी तथा उत्कृस्ट प्रशिक्षकको मनोनयनमा परेका खेलाडीहरुको नाम आयोजक खेलकुद पत्रकार मंचले सार्वजनिक गरेको हो l

रास्ट्रिय क्रिकेटर शरद भेसावकर बर्ष उत्कृस्ट खेलाडी ( पुरुष ) विधामा मनोनयनमा परेका छन् l यस्तै दिपेन्द्र सिंह ऐरी बर्ष उत्कृस्ट युवा खेलाडीको विधामा तथा बर्ष उत्कृस्ट प्रशिक्षकको विधामा रास्ट्रिय क्रिकेट टिम प्रशिक्षक जगत टमाटा  मनोनयनमा छन् l

क्रिकेटर दिपेन्द्र ऐरी पिपुल्स च्वाइस अवार्डमा समेत मनोनयनमा परेका छन् l गत बर्ष यो विधामा सन्दिप लामिछाने मनोनयनमा परे पनि अवार्ड पाउन सकेका थिएनन् l

गत बर्ष पल्सर स्पोर्ट्स अवार्डमा क्रिकेटरले कुनै पनि विधामा अवार्ड पाउन सकेका थिएनन् l फुटबलका नवयुग श्रेष्ठ बर्ष उत्कृस्ट पुरुष खेलाडी घोषित भएका थिए l

विधा र मनोनयनमा परेका खेलाडीहरु 

बर्ष उत्कृस्ट खेलाडी ( पुरुष ) 

शरद भेसावकर ( क्रिकेट ),  किरण चेम्जोंग ( फुटबल ),  सोमबहादुर कुमार ( एथलेटिक्स ) , मानबहादुर श्रेष्ठ ( भलिबल ), रत्नजित तामांग ( ब्याडमिन्टन )

बर्ष उत्कृस्ट खेलाडी ( महिला ) 

सावित्रा भण्डारी ( फुटबल ) , सरस्वति भट्टराई ( एथलेटिक्स ) , कान्छीमाया कोजु ( एथलेटिक्स ) , नङसाल तामांग ( ब्याडमिन्टन ), ज्ञानु आले ( आर्चरी )

बर्ष उत्कृस्ट युवा खेलाडी 

दिपेन्द्र ऐरी ( क्रिकेट ) , मनिता श्रेष्ठ प्रधान ( जुडो ) , प्रतिभा माली ( भलिबल ), कमला श्रेष्ठ ( भारत्तोलन ) , अनन्त तामांग ( फुटबल )

बर्ष उत्कृस्ट प्रशिक्षक 

जगत टमाटा ( क्रिकेट ) , किरण थापा ( ब्याडमिन्टन ) , ग्यातुको कोजी ( फुटबल ) , मेघराज केसी ( फुटबल ) , पुष्पराज ओझा ( एथलेटिक्स )





थप समाचार

बिपी कोइराला स्मृति कप : नेक्सस रुपन्देही र भारतको लाइफ केयर क्रिकेट क्लव विजयी 

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा बिपी कोइराला स्मृति कप टि-ट्वान्टी प्रतियोगिता सुरु भएको छ। प्रतियोगिता अन्तर्गत पहिलो दिन […]

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]