शरद, दिपेन्द्र र प्रशिक्षक टमाटा मनोनयनमा, हेर्नुस कुन विधामा को-को खेलाडी ( पल्सर स्पोर्ट्स अवार्ड )

  • विकेटनेपाल, १८ भदौ- आइतबार 

भदौ २६ गते आयोजना हुने पल्सर स्पोर्टस् अवार्ड २०७३ को बिभिन्न विधाको मनोनयन सार्वजनिक गरिएको छ l

बर्षको उत्कृस्ट महिला र पुरुष खेलाडी, उत्कृस्ट युवा खेलाडी तथा उत्कृस्ट प्रशिक्षकको मनोनयनमा परेका खेलाडीहरुको नाम आयोजक खेलकुद पत्रकार मंचले सार्वजनिक गरेको हो l

रास्ट्रिय क्रिकेटर शरद भेसावकर बर्ष उत्कृस्ट खेलाडी ( पुरुष ) विधामा मनोनयनमा परेका छन् l यस्तै दिपेन्द्र सिंह ऐरी बर्ष उत्कृस्ट युवा खेलाडीको विधामा तथा बर्ष उत्कृस्ट प्रशिक्षकको विधामा रास्ट्रिय क्रिकेट टिम प्रशिक्षक जगत टमाटा  मनोनयनमा छन् l

क्रिकेटर दिपेन्द्र ऐरी पिपुल्स च्वाइस अवार्डमा समेत मनोनयनमा परेका छन् l गत बर्ष यो विधामा सन्दिप लामिछाने मनोनयनमा परे पनि अवार्ड पाउन सकेका थिएनन् l

गत बर्ष पल्सर स्पोर्ट्स अवार्डमा क्रिकेटरले कुनै पनि विधामा अवार्ड पाउन सकेका थिएनन् l फुटबलका नवयुग श्रेष्ठ बर्ष उत्कृस्ट पुरुष खेलाडी घोषित भएका थिए l

विधा र मनोनयनमा परेका खेलाडीहरु 

बर्ष उत्कृस्ट खेलाडी ( पुरुष ) 

शरद भेसावकर ( क्रिकेट ),  किरण चेम्जोंग ( फुटबल ),  सोमबहादुर कुमार ( एथलेटिक्स ) , मानबहादुर श्रेष्ठ ( भलिबल ), रत्नजित तामांग ( ब्याडमिन्टन )

बर्ष उत्कृस्ट खेलाडी ( महिला ) 

सावित्रा भण्डारी ( फुटबल ) , सरस्वति भट्टराई ( एथलेटिक्स ) , कान्छीमाया कोजु ( एथलेटिक्स ) , नङसाल तामांग ( ब्याडमिन्टन ), ज्ञानु आले ( आर्चरी )

बर्ष उत्कृस्ट युवा खेलाडी 

दिपेन्द्र ऐरी ( क्रिकेट ) , मनिता श्रेष्ठ प्रधान ( जुडो ) , प्रतिभा माली ( भलिबल ), कमला श्रेष्ठ ( भारत्तोलन ) , अनन्त तामांग ( फुटबल )

बर्ष उत्कृस्ट प्रशिक्षक 

जगत टमाटा ( क्रिकेट ) , किरण थापा ( ब्याडमिन्टन ) , ग्यातुको कोजी ( फुटबल ) , मेघराज केसी ( फुटबल ) , पुष्पराज ओझा ( एथलेटिक्स )

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy