अन्तिम खेलमा नेपाल ५ रनले पराजित

Nepal Cricket Team
  • विकेटनेपाल, असोज ९

भारतको चेन्नाई भ्रमण अन्तर्गत चौथो तथा अन्तिम अभ्यास खेलमा ५ रनले पराजित भएको छ ।

स्कोरकार्ड  

टस जितेर सेन्टर अफ स्पोर्ट्स साइन्सले दिएको २१६ रनको लक्ष पछ्याएको नेपाली टिम ४०.३ ओभरमा २०५ रनमा अल आउट हुन पुगेको थियो ।

नेपालको लागि ओपनिङ्ग ब्याटिंग गरेका सागर पुनले ६९ तथा कप्तान पारस खड्काले ४९ रन बनाएका थिए । सागरले ८४ बलमा ७ चौका र २ छक्का प्रहार गरे भने पारसले ४० बलमा चौका र १ छक्का आफ्नो नाम गरे । यस्तै दिपेन्द्र ऐरि ४५ रन बनाएर पेभेलियन फर्किएका थिए । उनले ५४ बलमा ५ चौका प्रहार गरे ।

आरिफ शेख ७, बिनोद भण्डारी १५, सोमपाल कामी ५ , बसन्त रेग्मी ०, करन केसी ३, सुशन भारि र सन्दिप लामिछाने समान ४/४ रन बनाएर आउट भए ।

३० औं ओभरमा १५६/२ को बलियो स्थितिमा रहेको नेपाललाई पराजय सम्म पुर्याउन अरुण बालाजीले ५ विकेट तथा विलिंक्स भिक्टरले ३ विकेट हात पारे , उत्कृस्ट बलिङ्ग गरेका बालाजीले ६ ओभरमा मात्र १५ रन खर्चिएका थिए ।

अघिल्लो २ वटा अभ्यास खेलमा शतक प्रहार गरेका ज्ञानेन्द्र मल्ल र शरद भेसावकर आराम गरेका थिए

यस अघि सेन्टर अफ स्पोर्ट्स साइन्सले पहिले ब्याटिंग गर्दै नेपाललाई २१६ रनको लक्ष दिएको थियो । पुरै ५० ओभर ब्याटिंग गरेको स्थानीय टिमले सबै विकेट गुमाउदै उक्त योगफल बनाएको थियो ।

टस जितेको स्थानीय टिमको लागि आठौँ नम्बरमा ब्याटिंग गरेका विलिंकस् भिक्टरले सर्बाधिक ७४ रनको योगदान दिएका थिए । उनले ८९ बलमा ९ चौका र १ छक्का प्रहार गरे l यस्तै ओपनर अनन्थले ४५ रन बनाए जसमा ४ चौका र १ छक्का सामेल थियो ।

नेपालको लागि देब्रे हाते स्पिनर सुसन भारिले सर्बाधिक ३ तथा करन केसी र सन्दिप लामिछानेले २/२ विकेट हात पारेका थिए ।  भारिले ९ ओभरमा १ मेडन ओभर सहित मात्र २६ रन खर्चेका थिए । सेन्टर अफ स्पोर्ट्स साइन्सले २४ अतिरिक्त रन पाएको थियो ।

नेपालले यस अघि खेलेको ३ वटै अभ्यास खेलमा जित हाँसिल गरेको थियो । पहिलो अभ्यास खेलमा डीन्डीगुल ड्रयागन्सलाई १५३ रनको बिशाल अन्तरले पराजित गरेको टिमले दोश्रो अभ्यास खेलमा मिलापुर रिक्रियसन क्लबलाई ५२ रनले पराजित गरेको थियो । यस्तै तेश्रो अभ्यास खेलमा शनिबार तमिलनाडु ‘ए’ लाई १४७ रनले पराजित गरेको थियो ।

टिम सेप्टेम्बर २७ गते फूलपातीको दिन स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]