- विकेटनेपाल, असोज ९
भारतको चेन्नाई भ्रमण अन्तर्गत चौथो तथा अन्तिम अभ्यास खेलमा ५ रनले पराजित भएको छ ।
टस जितेर सेन्टर अफ स्पोर्ट्स साइन्सले दिएको २१६ रनको लक्ष पछ्याएको नेपाली टिम ४०.३ ओभरमा २०५ रनमा अल आउट हुन पुगेको थियो ।
नेपालको लागि ओपनिङ्ग ब्याटिंग गरेका सागर पुनले ६९ तथा कप्तान पारस खड्काले ४९ रन बनाएका थिए । सागरले ८४ बलमा ७ चौका र २ छक्का प्रहार गरे भने पारसले ४० बलमा चौका र १ छक्का आफ्नो नाम गरे । यस्तै दिपेन्द्र ऐरि ४५ रन बनाएर पेभेलियन फर्किएका थिए । उनले ५४ बलमा ५ चौका प्रहार गरे ।
आरिफ शेख ७, बिनोद भण्डारी १५, सोमपाल कामी ५ , बसन्त रेग्मी ०, करन केसी ३, सुशन भारि र सन्दिप लामिछाने समान ४/४ रन बनाएर आउट भए ।
३० औं ओभरमा १५६/२ को बलियो स्थितिमा रहेको नेपाललाई पराजय सम्म पुर्याउन अरुण बालाजीले ५ विकेट तथा विलिंक्स भिक्टरले ३ विकेट हात पारे , उत्कृस्ट बलिङ्ग गरेका बालाजीले ६ ओभरमा मात्र १५ रन खर्चिएका थिए ।
अघिल्लो २ वटा अभ्यास खेलमा शतक प्रहार गरेका ज्ञानेन्द्र मल्ल र शरद भेसावकर आराम गरेका थिए
यस अघि सेन्टर अफ स्पोर्ट्स साइन्सले पहिले ब्याटिंग गर्दै नेपाललाई २१६ रनको लक्ष दिएको थियो । पुरै ५० ओभर ब्याटिंग गरेको स्थानीय टिमले सबै विकेट गुमाउदै उक्त योगफल बनाएको थियो ।
टस जितेको स्थानीय टिमको लागि आठौँ नम्बरमा ब्याटिंग गरेका विलिंकस् भिक्टरले सर्बाधिक ७४ रनको योगदान दिएका थिए । उनले ८९ बलमा ९ चौका र १ छक्का प्रहार गरे l यस्तै ओपनर अनन्थले ४५ रन बनाए जसमा ४ चौका र १ छक्का सामेल थियो ।
नेपालको लागि देब्रे हाते स्पिनर सुसन भारिले सर्बाधिक ३ तथा करन केसी र सन्दिप लामिछानेले २/२ विकेट हात पारेका थिए । भारिले ९ ओभरमा १ मेडन ओभर सहित मात्र २६ रन खर्चेका थिए । सेन्टर अफ स्पोर्ट्स साइन्सले २४ अतिरिक्त रन पाएको थियो ।
नेपालले यस अघि खेलेको ३ वटै अभ्यास खेलमा जित हाँसिल गरेको थियो । पहिलो अभ्यास खेलमा डीन्डीगुल ड्रयागन्सलाई १५३ रनको बिशाल अन्तरले पराजित गरेको टिमले दोश्रो अभ्यास खेलमा मिलापुर रिक्रियसन क्लबलाई ५२ रनले पराजित गरेको थियो । यस्तै तेश्रो अभ्यास खेलमा शनिबार तमिलनाडु ‘ए’ लाई १४७ रनले पराजित गरेको थियो ।
टिम सेप्टेम्बर २७ गते फूलपातीको दिन स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।