नेपाल र हंगकंग खेल्दै, कसरि हेर्ने लाइभ

  • विकेटनेपाल, असोज २७ 

आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले छैठौं चरणको २ वटा खेल मध्ये हंगकंगसंग आज शुक्रबार पहिलो खेल खेल्दै छ । आइतबार दुवै बीच दोश्रो खेल हुनेछ ।

खेल नेपाली समय अनुसार ७:१५ बजे बिहान सुरु हुनेछ। हंगकंगको मोंग होक मैदानमा खेल संचालन हुनेछ ।

कसरि हेर्ने लाइभ ? 

खेलको प्रत्यक्ष प्रशारण हंगकंग क्रिकेटको Youtube च्यानलले गर्नेछ भने नेपाली टेलिभिजन एपीवन एचडी स्पोट्स र डीस होम एक्सन स्पोर्ट्सले समेत गर्नेछ ।  खेलको बल-बलको अपडेट विकेटनेपालको फेसबुक पेजWicketNepal.com मा हुनेछ ।

नेपालले जित्नै पर्ने  

बिश्व क्रिकेट लिग च्याम्पियनसिपको अंक तालिकामा शिर्ष ४ भित्र पर्दै २०१८ मा आयोजना हुने बिश्व कप छनौट प्रतियोगितामा स्थान बनाउन नेपाललाई दुवै खेलमा जित आवस्यक छ । अंकतालिकामा हंगकंग १० खेलमा ५ जित सहित ११ अंक सहित पाँचौ स्थानमा रहेको छ भने नेपाल १० खेलमा ४ जित सहित सातौं स्थानमा रहेको छ । १२ खेल खेलेको केन्या १२ अंक सहित चौथो स्थानमा रहेको छ । हंगकंग पछि नेपालले युएईसंग २ खेल तथा हंगकंगले पपुवा न्युगिनीसंग २ वटा खेल खेल्न बाँकी रहेको छ भने केन्याले स्कटल्याण्डसंग २ खेल खेल्न बाँकी रहेको छ।

नेपालले यदी हंगकंगलाई दुवै खेलमा पराजित गर्न नसक्ने हो भने डिभिजन २ मा घटुवा हुने निश्चित जसोछ । डिभिजन २ मा घटुवा भए पनि डिभिजन-२ मा उत्कृस्ट २ हुन सक्ने हो भने पुनः बिश्वकप छनौट प्रतियोगिता खेल्न पाउनेछ”

अंकतालिका हेर्न क्लिक गर्नुस 

खेल अघि कप्तानको भनाई 

पारस खड्का ( कप्तान, नेपाल ) 

“यो सिरिज नेपालको लागि निकै महत्वपूर्ण छ। एउटा टिमको रुपमा हामीले गत महिना देखि कठिन मेहनत गरेका छौं ।

“दुवै खेल जित्दै सातौं चरणको खेलपछि अंकतालिकाको उत्कृस्ट ४ भित्र पर्न हामि पूर्णत तयार छौं”

बाबर हयात ( कप्तान, हंगकंग ) 

“हामि कडा मेहनत गरिरहेका छौ। अझै ६ वटा टिमहरु बिश्वकप छनौट प्रतियोगितामा स्थान बनाउन कसरत गरिरहेका छन् त्यसैले नेपालसंगको दुवै खेल जित्दै धेरै भन्दा धेरै अंक जित्न आवस्यक छ”

“हामि आशा गर्छौं कि हामीले हाम्रो घरेलु मैदान हुनुको फाइदा उठाउनेछौ”

हंगकंग टिम 

  • बाबर हायत ( कप्तान ) ,  आयुस्मन राथ  ( उपकप्तान ) ,  जेमी अट्कीन्सन, क्रिस कार्टर, निजाकत खान, सहिद वासिफ, एहसान खान, एजाज खान, वकास खान, तनवीर अफजल, एहसान नवाज, तनवीर अहमद, जथावेद सुब्रमन्यन र काएल क्रिस्टी  

 नेपाल टिम 

  • पारस खड्का  ( कप्तान ) , ज्ञानेन्द्र मल्ल  ( उपकप्तान ),  नरेश बुढायर , बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सुशील कँडेल, ललित भण्डारी, सुशन भारी, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछाने




थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]