नेपाल र हंगकंग खेल्दै, कसरि हेर्ने लाइभ

  • विकेटनेपाल, असोज २७ 

आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले छैठौं चरणको २ वटा खेल मध्ये हंगकंगसंग आज शुक्रबार पहिलो खेल खेल्दै छ । आइतबार दुवै बीच दोश्रो खेल हुनेछ ।

खेल नेपाली समय अनुसार ७:१५ बजे बिहान सुरु हुनेछ। हंगकंगको मोंग होक मैदानमा खेल संचालन हुनेछ ।

कसरि हेर्ने लाइभ ? 

खेलको प्रत्यक्ष प्रशारण हंगकंग क्रिकेटको Youtube च्यानलले गर्नेछ भने नेपाली टेलिभिजन एपीवन एचडी स्पोट्स र डीस होम एक्सन स्पोर्ट्सले समेत गर्नेछ ।  खेलको बल-बलको अपडेट विकेटनेपालको फेसबुक पेजWicketNepal.com मा हुनेछ ।

नेपालले जित्नै पर्ने  

बिश्व क्रिकेट लिग च्याम्पियनसिपको अंक तालिकामा शिर्ष ४ भित्र पर्दै २०१८ मा आयोजना हुने बिश्व कप छनौट प्रतियोगितामा स्थान बनाउन नेपाललाई दुवै खेलमा जित आवस्यक छ । अंकतालिकामा हंगकंग १० खेलमा ५ जित सहित ११ अंक सहित पाँचौ स्थानमा रहेको छ भने नेपाल १० खेलमा ४ जित सहित सातौं स्थानमा रहेको छ । १२ खेल खेलेको केन्या १२ अंक सहित चौथो स्थानमा रहेको छ । हंगकंग पछि नेपालले युएईसंग २ खेल तथा हंगकंगले पपुवा न्युगिनीसंग २ वटा खेल खेल्न बाँकी रहेको छ भने केन्याले स्कटल्याण्डसंग २ खेल खेल्न बाँकी रहेको छ।

नेपालले यदी हंगकंगलाई दुवै खेलमा पराजित गर्न नसक्ने हो भने डिभिजन २ मा घटुवा हुने निश्चित जसोछ । डिभिजन २ मा घटुवा भए पनि डिभिजन-२ मा उत्कृस्ट २ हुन सक्ने हो भने पुनः बिश्वकप छनौट प्रतियोगिता खेल्न पाउनेछ”

अंकतालिका हेर्न क्लिक गर्नुस 

खेल अघि कप्तानको भनाई 

पारस खड्का ( कप्तान, नेपाल ) 

“यो सिरिज नेपालको लागि निकै महत्वपूर्ण छ। एउटा टिमको रुपमा हामीले गत महिना देखि कठिन मेहनत गरेका छौं ।

“दुवै खेल जित्दै सातौं चरणको खेलपछि अंकतालिकाको उत्कृस्ट ४ भित्र पर्न हामि पूर्णत तयार छौं”

बाबर हयात ( कप्तान, हंगकंग ) 

“हामि कडा मेहनत गरिरहेका छौ। अझै ६ वटा टिमहरु बिश्वकप छनौट प्रतियोगितामा स्थान बनाउन कसरत गरिरहेका छन् त्यसैले नेपालसंगको दुवै खेल जित्दै धेरै भन्दा धेरै अंक जित्न आवस्यक छ”

“हामि आशा गर्छौं कि हामीले हाम्रो घरेलु मैदान हुनुको फाइदा उठाउनेछौ”

हंगकंग टिम 

  • बाबर हायत ( कप्तान ) ,  आयुस्मन राथ  ( उपकप्तान ) ,  जेमी अट्कीन्सन, क्रिस कार्टर, निजाकत खान, सहिद वासिफ, एहसान खान, एजाज खान, वकास खान, तनवीर अफजल, एहसान नवाज, तनवीर अहमद, जथावेद सुब्रमन्यन र काएल क्रिस्टी  

 नेपाल टिम 

  • पारस खड्का  ( कप्तान ) , ज्ञानेन्द्र मल्ल  ( उपकप्तान ),  नरेश बुढायर , बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सुशील कँडेल, ललित भण्डारी, सुशन भारी, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछाने

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy