सेन्चुरी ब्यांक कर्पोरेट क्रिकेटमा २४ टिम

  • विकेटनेपाल, कार्तिक १६

नोभेम्बर ७ देखि ११ सम्म आयोजना हुने चौथो सेन्चुरी ब्यांक कर्पोरेट सुपर सिक्सेस प्रतियोगितामा २४ टिमले सहभागिता जनाउने भएका छन्।

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमाझ प्रतियोगिताको बिजेता ट्रफी तथा टिमहरुको समुह बिभाजन गरिएको थियो। सेन्चुरी ब्यांकका सीईओ जीवन भट्टराई, प्रतियोगिता निर्देशक प्रविन जोशी, क्रिकेट संघका सीओओ छुम्बी लामाले प्रतियोगिताको ट्रफी सार्बजनिक गर्नुभएको थियो।

 

एसएस इभेन्ट्सको आयोजनामा संचालन हुने प्रतियोगितामा सहभागी हुने प्रतियोगितामा सहभागी टिमहरुलाई ८ वटा टिममा बिभाजन गरिएको छ।

समुह ए : नेपाल एसबिआई ब्यांक , कर्मचारी संचय कोष, कैलाश विकास ब्यांक

समुह बि : सुर्य नेपाल, सिप्रदी, प्रभु ब्यांक

समुह सी : नेपाल टेलिकम, आईसीएफसी फाइनान्स , आईएमई ग्रुप

समुह डी : माछापुच्छ्रे ब्यांक, सेन्चुरी ब्यांक, अन्नपूर्ण मिडिया नेटवर्क

समुह ई : नबिल ब्यांक, एनसीसी ब्यांक, ओम डेभलपमेन्ट ब्यांक

समुह एफ : एनएमबि ब्यांक, रमन जेनरल, कुमारी ब्यांक

समुह जी : एनआईसी एसिया ब्यांक, सिभिल ब्यांक, सांग्रिला स्पिरिट

समुह एच : जनता ब्यांक, सन्बी डिजाइन, मेगा ब्यांक

 

प्रतियोगितामा सहभागी २४ टिमले आफ्नो आफ्नो समुहमा एक-अर्कासंग खेल्नेछन्। ८ वटै समुहबाट २-२ वटा टिम प्रि-क्वार्टरफाइनलमा प्रवेश गर्नेछ।

प्रतियोगिताको बिजेता टिमले ट्रफी तथा गिफ्ट ह्याम्परहरु तथा अर्को सिजनमा फ्री इन्ट्री पाउनेछ।

प्रतियोगिताको पहिलो सिजनको उपाधि सिभील ब्यांकले, दोश्रो सिजनको उपाधि सिप्रदीले तथा तेश्रो सिजनको उपाधि सेन्चुरी ब्यांकले जितेको थियो।

यस्तै कार्यक्रममा आफ्नो मन्तब्य राख्दै सेन्चुरी ब्यांकका सीईओ भट्टराईले एसएस इभेन्ट र सेन्चुरीको सहकार्यको तारिफ गर्दै प्रतियोगिताको स्तर प्रत्येक बर्ष वृद्धि हुँदै गएको बताउनु भएको थियो।

Century Bank CEO
सेन्चुरी ब्यांकका सीईओ जीवन भट्टराई

आयोजक एसएस इभेनट्सका निर्देशक प्रविन जोशीले प्रतियोगिता यो पटक अझ मनोरन्जनात्मक हुने तथा नयाँ प्रयोगको रुपमा पिंक बल प्रयोग गर्ने योजना बनाएको बताउनु भएको थियो।

प्रतियोगिताको मुख्य प्रायोजक सेन्चुरी ब्यांक रहेको छ भने सांग्रिला स्पिरिट सह-प्रायोजकको रुपमा रहेको छ। यस्तै प्रायोजकहरुमा पप्पु कन्स्ट्रक्सन, एसआर स्टिल, ईसेवा रहेको छ भने अनलाइन पार्टनरको रुपमा विकेटनेपाल रहेको छ। मेडिकल पार्टनरको रुपमा चिरायु हस्पिटल रहेको छ भने हस्पिटालिटि पार्टनरको रुपमा आम्रपली ब्यांक्वेट र अनमोल क्याटरिंग रहेको छ।

प्रतियोगितालाई सिभिल मल, ह्याप्पी बिन ब्याग, काठमाण्डौ क्रिकेट ट्रेनिंग सेन्टर, ग्रेट हिमालय क्रिकेट एकेडेमी, हिमालयन क्रिकेट एकेडेमी, सम्सारा रेमिट, आईपे रिलायबल र एसएम पिन्टुले साथ दिएकोछ।

 

 





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]