सिताको अलराउण्ड प्रदर्शनमा नेपालको पहिलो जित

Nepal Womens Cricket Team
  • विकेटनेपाल, मङ्सिर ८ – शुक्रबार 

थाईल्याण्डमा जारि आईसीसी महिला टि-२० बिश्वकप छनौट ( एसिया ) प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो चौथो खेलमा मलेसियालाई ३३ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।

स्कोरकार्ड, अंकतालिका , खेल तालिका 

४ खेल खेलेको नेपालको पहिलो २ खेल वर्षाको कारण नतिजाबिहिन टुंगिएको थियो भने तेश्रो खेलमा युएईसंग ५ रनले पराजित हुन पुगेको थियो। मलेसियासंगको जितपछि अंकतालिकामा नेपाल पाँचौबाट चौथो स्थानमा उक्लेको छ। अब नेपालले आफ्नो अन्तिम खेलमा २६ नोभेम्बर आइतबार चिनसंग खेल्नेछ।

अंकतालिकाको शिर्ष स्थान २ स्थानमा रहँदै फाइनल पुग्ने २ टिम नेदरल्याण्डमा २०१८ मा आयोजना हुने टि-२० बिश्वकप छनौट ग्लोबल क्वालिफायरमा खेल्न पाउने हुनाले नेपालको छनौट हुने सम्भावना लगभग सकिएको छ। शिर्ष स्थानमा रहेको थाईल्याण्डले ४ मध्ये ३ खेलमा जित हातपार्दै ७ अंक बटुलीसकेको छ।

अघिल्लो खेलमा युएईसंग ५ रन अन्तरको हार नबेहोरेको भए नेपालको सम्भावना बलियो रहन्थ्यो। इतिहासमै पहिलो पटक युएईसंगको हार तथा पहिलो २ खेल वर्षाले अबरुद्ध हुनु पनि नेपालको लागि दुर्भाग्य साबित हुनपुग्यो।

एसियन इन्स्टिच्युट मैदान ब्यांगककमा टस हारेको नेपालले ब्याटिंग गर्दै उत्कृस्ट सुरुवात गर्यो। ओपनर सिता राना मगर र ज्योति पाण्डेले पहिलो विकेटको लागि ६६ रन जोडे।

सिता १३ औं ओभरमा व्यक्तिगत ३७ रन बनाएर आउट भईन् जुन क्रममा उनले ३ चौका प्रहार गरिन्। त्यसपछि ज्योति पाण्डेलाई पनि २१ रनमा गुमाएको नेपालले लगातार विकेट गुमाएको थियो। नेरी थापा ५ , काजल श्रेष्ठ १४, ऋतु कनौजिया १ तथा रोमा थापालाई ६ रनमा पेभेलियन फर्किए। इन्दु बर्मा ६ तथा रुबिना क्षेत्री २ रनमा अविजित रहंदा नेपालले राम्रो सुरुवातका बाबजुत पहिलो इनिंगमा ६ विकेट गुमाई १०८ रन मात्र बनाउन सकेको थियो।

Jyoti Pandey
ज्योति पाण्डे ( फाइल फोटो )

मलेसिया बलर नुर नत्स्या र जन्नादिया हलिमले २/२ विकेट हात पारिन्।

दोश्रो इनिंगमा मलेसियाले कुनै पनि बेला प्रतिस्पर्धात्मक खेल देखाउन सकेन र पुरै ओभर ब्याटिंग गर्दै ७ विकेट गुमेर ७५ रन मात्रै बनाउन सक्यो।ओपनर इमिलिया इलानीले सर्बाधिक २४ रन बनाउने क्रममा ३ चौका प्रहार गरिन भने अन्त्यमा जायानी स्यामिमीले अविजित १६ रन स्कोर गरेपनि नेपाली बलिंग सामु खुलेर मलेसियाले ब्याटिंग गर्न सकेन।

सिता राना मगर प्लेयर अफ द म्याच घोषित भइन्

नेपालको लागि अफ स्पिनर करुना भण्डारीले सर्बाधिक ३ विकेट हात पार्दा ४ ओभरमा १ मेडन ओभर सहित मात्र १४ रन खर्चिन्। यस्तै सोनु खड्का, सिता मगर, नेरी थापा र ऋतु कनौजियाले पनि १/१ विकेट आफ्नो नाम गरे।

खेलको प्लेयर अफ द म्याच सिता राना मगर घोषित भईन्।

स्कोरकार्ड, अंकतालिका , खेल तालिका 

फोटोहरु – फाइल , थाईल्याण्ड क्रिकेट एसोसिएसन

 





थप समाचार

विश्वकपका लागि नामिबियाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि नामिबियाको टोली घोषणा भएको छ […]

आइपीएल : चेन्नई र गुजरात खेल्दै

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको ५९ औं खेलमा आज चेन्नई सुपर किंग्स र गुजरात टाईटन्सबीच […]

बेंगलूरुको लगातार चौथो जित, प्लेअफ सम्भावना कायमै

काठमाडौं । रोयल च्यालेनजर्स बेंगलूरुले जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार चौथो जित निकालेको छ । […]

विश्वकपमा ईतिहासकै कान्छा कप्तान बन्दै रोहित

काठमाडौं । आफ्नो डेब्यु विश्वकपमा नै नेपालका कप्तान रोहितकुमार पौडेलले नयाँ कीर्तिमान आफ्नो नाममा थप्दै छन् । कप्तान पौडेलले टी-२० […]

नेपालसँग खेल्ने श्रीलंकाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा नेपाल रहेको समूहमा रहेको श्रीलंकाले आफ्नो […]

डेब्यु बलमा आएको त्यो विकेट …

काठमाडौं । २०१४ मार्च १६ बंगलादेशमा रहेको जाहुर चौधरी क्रिकेट स्टेडियममा नेपालले पाँचौ संस्करणको टी-२० विश्वकपको पहिलो दिनमा नै आफ्नो […]