हंगकंगसंग शानदार जित पछि नेपाल तेश्रो

Karuna Bhandari
  • विकेटनेपाल, ११ मङ्सिर  – सोमबार 

आईसीसी महिला टि-२० बिश्वकप एसिया क्षेत्र प्रतियोगितामा नेपालले तेश्रो स्थान हाँसिल गरेको छ। स्कोरकार्ड 

हंगकंगसंग तेश्रो स्थानको लागि आज सम्पन्न खेलमा नेपालले ३६ रनको जित निकाल्दै तेश्रो स्थानमा प्रतियोगिताको अन्त्य गरेको हो। हिजो सम्पन्न लिग चरणको अन्तिम खेलमा चिनलाई पराजित गरेको नेपाल अंकतालिकामा तेश्रो भएको थियो।

टेर्डथाई मैदान ब्यांककमा हंगकंगले टस जितेर नेपाललाई ब्याटिंगको निम्तो दिएको थियो। खराब सुरुवात गरेको नेपालले ७ रनको स्कोरमा दुवै ओपनरलाई गुमाएको थियो जुन क्रममा ओपनर ज्योति पाण्डे २ तथा सरिता मगर ३ रनमा आउट हुन पुगेका थिए।

त्यसपछि नेरी थापाले ३८ तथा काजल श्रेष्ठले १२ रन बनाउदै नेपालको स्कोर अघि बढाएका थिए। सर्बाधिक रन बनाएकी नेरीले ३४ बलमा ५ चौका प्रहार गरेपछि चान सौको बलमा बोल्ड हुन पुगिन्।

नेरी थापा ( फाइल फोटो – आईसीसी )

ऋतु कनौजिया २ रनमा आउट भएपछि करुना भण्डारी र कप्तान रुबिना क्षेत्रीले छैठौं विकेटको लागि २२ रनको साझेदारी गरे जसपछि नेपालले २० ओभरमा ५ विकेट गुमाई ९४ रनको योगफल तयार गरेको थियो।  हंगकंग बलर मारिको हिल र मरिना लामप्लोले २/२ विकेट हात पारे।

९५ रन लक्ष पछ्याएको हंगकंगलाई कसिलो बलिंग गर्दै सुरुवात देखि नेपालले दबाब बनायो। ५.२ ओभरमा सबनम राईले पहिलो विकेट लिंदा हंगकंगको स्कोर ११ रन थियो जसपछि हंगकंगले लगातार विकेट गुमाएको थियो।

करुना भण्डारीले ४ ओभरमा १० रन खर्चेर सर्बाधिक ३ विकेट हात पारेपछि हंगकंगले १९.५ ओभर ब्याटिंग गरेपनि ५८ रनमै सबै विकेट गुमाउन पुग्यो। सबनम राई, सिता राना मगर, नेरी थापा र ऋतु कनौजियाले समान १/१ विकेट आफ्नो नाम गरे।

खेलको प्लेयर अफ द म्याच नेरी थापा घोषित भईन्।  स्कोरकार्ड 

करुना भण्डारी फाइल फोटो – आईसीसी )

नेपालले प्रतियोगिताको लिग चरणको खेलमा युएईसंग ५ रनको हार बेहोरेको थियो भने मलेसियालाई ३३ रनले तथा चिनलाई ५० रनले पराजित गरेको थियो। सुरुवातको २ वटा खेल थाईल्याण्ड र हंगकंगसंग वर्षाको कारण नतिजा बिहिन हुनपुग्दा नेपालले लिग चरणमा तेश्रो स्थान हात पार्नुपर्यो।

लिगमा पहिलो स्थान हाँसिल गरेको थाइल्याण्ड र दोश्रो स्थानको युएई नेदरल्याण्डमा २०१८ मा आयोजना हुने महिला टि-२० बिश्वकप ग्लोबल छनौट प्रतियोगिताको लागि छनौट भएको छ।





थप समाचार

योगेन्द्रको अलराउन्ड प्रदर्शनमा अभानीको जित

काठमाडौं । नेपाली यू-१९ टोलीबाट २०१६ मा विश्वकप खेलेका योगेन्द्रसिंह कार्कीको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाको सिड्नीमा जारी अभानी प्रिमियर लिगमा […]

सम्झनाको अर्धशतकमा सुदुरको लगातार दोस्रो जित

काठमाडौं । सम्झना खड्काको अर्धशतकको सहयोगमा सुदुरपश्चिम प्रदेशले राजधानीमा जारी ललितपुर मेयर्स कपको पाँचौ खेलमा कोशी प्रदेशलाई पराजित गर्दै लगातार […]

नेपालसँग खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा नेपाल रहेको समूहमा रहेको नेदरल्यान्ड्सले आफ्नो […]

सम्झनाको अर्धशतकमा कोशीलाई १ सय १३ रनको लक्ष्य

काठमाडौं । सम्झना खड्काको अर्धशतकको सहयोगमा सुदुरपश्चिम प्रदेशले राजधानीमा जारी ललितपुर मेयर्स कपको पाँचौ खेलमा कोशी प्रदेशलाई जितका लागि १ […]

एपीएफको लगातार दोस्रो जित, बागमतीको लगातार दोस्रो हार

काठमाडौं । ललितपुर मेयर कपमा विभागीय टोली नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित हात पार्दा बागमती प्रदेशले लगातार दोस्रो हार […]

बेंगलूरुको लगातार पाँचौ जित, बेंगलूरुको प्लेअफ सम्भावना कायमै

काठमाडौं । दिल्ली क्यापिटल्सविरुद्ध जित दर्ता गर्दै रोयल च्यालेन्जर्स बेंगलूरुले लगातार पाँचौ जित निकालेको छ । यस जितसँगै बेंगलूरुले प्लेअफ […]