युएई जाँदै नेपाली टिम, अनिल र कुशल पनि जाने

nepal cricket team
  • विकेटनेपाल, मङ्सिर १३ 

आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सातौँ चरणको युएईसंगको खेलको लागि नेपाली क्रिकेट टिम आज बुधबार युएई प्रस्थान गर्दैछ। टिम ४ बजे बेलुका त्यसतर्फ जाने कार्यक्रम छ।

नेपाली टिमले युएईसंगको च्याम्पियनसिपको २ खेल ६ र ८ डिसेम्बरमा खेल्नु अघि अमेरिका र केन्यासंग खेल्नेछ। डिसेम्बर १ मा अमेरिकासंग तथा डिसेम्बर ३ मा केन्यासंग अभ्यास खेल खेल्नेछ।

युएईसंगको खेलको लागि सोमबार १४ सदस्यीय नेपाली टिमको घोषणा गरिसकिएको छ जसमा यस अघि छैठौं चरणमा हंगकंगसंग खेल्दा टीममा नरहेका शक्ति गौचन र दिलिप नाथले कमब्याक गरेका छन्।

अनिल शाह र कुशल भुर्तेल पनि युएई जाने

१४ सदस्यीय टिममा नरहेका र वैकल्पिक खेलाडीको सुचीमा रहेका २ खेलाडी अनिल शाह र कुशल भुर्तेल पनि नेपाली टिमसंग अतिरिक्त खेलाडीको रुपमा युएई जानेछन्। दुवै खेलाडीले यसअघि यु-१९ रास्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका छन् जसमध्ये अनिलले भर्खरै मलेसियामा सम्पन्न यु-१९ एसिया कपमा अफगानिस्तानसंग अर्धशतक प्रहार गर्दै चर्चा कमाएका थिए भने कुशल लगातार घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दैआएका छन्।

नेपाली टिम – 

पारस खड्का ( कप्तान ) , ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, बसन्त रेग्मी, सोमपाल कामि, सागर पुन, बिनोद भण्डारी, करन केसी, शक्ति गौचन, ललितसिंह भण्डारी, आरिफ शेख, दिपेन्द्र ऐरी, सन्दिप लामिछाने, दिलिप नाथ

बैकल्पिक खेलाडी –  सिद्धान्त लोहनी, जितेन्द्र मुखिया, कुशल भुर्तेल, अनिल शाह

हंगकंगसंग गत महिना सम्पन्न च्याम्पियनसिपको छैठौं चरणको खेलमा १ खेलमा पराजित तथा १ खेल वर्षाको कारण सम्भब नभए पछि नेपाली टिम डिभिजन-२ मा रेलिगेट भएको थियो। युएई पनि नेपालसंगै डिभिजन-२ मा रेलिगेट भैसकेको अवस्थामा दुवै देश बीचको खेल प्रतिष्ठाको खेलको रुपमा हेरिएको छ।

बिश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिता नामिबियामा फेब्रुअरीमा आयोजना हुनेछ। डिभिजन-२ मा उत्कृस्ट २ भित्र पर्नसके नेपाल मार्चमा जिम्बाबेमा आयोजना हुने भनिएको आईसीसी एक दिवसीय बिश्वकप छनौट खेल्न पाउनेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]