चितवन र पोखरा, बिराटनगर र ललितपुर भिड्ने

  • विकेटनेपाल, पौष ४ – मंगलबार

एभरेस्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत पौष ४ गते मंगलबार दुई खेलहरु हुदैछन् ।

टियु क्रिकेट मैदानमा पहिलो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ जसमा दिपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको चितवन टाइगर्स र शक्ति गौचन मार्की खेलाडी रहेको पोखरा राइनोजले प्रतिस्पर्धा गर्ने छन् ।

पोखरा राइनोजको कप्तानी पनि शक्ति गौचनले गर्नेछन् तर चितवन टाइगर्स भने आफ्नो कप्तान पृथु बास्कोटा बिनानै मैदानमा उत्रनुपर्ने छ । (यस्तो छ कारण)

पहिलो खेलमा चितवन टाइगर्सबाट भारतका लागि सन् २००४ को यु१९ विश्वकप खेलेका प्रबिण गुप्ता हेर्नलायक खेलाडी रहने छन् भने पोखरा राइनोजको तर्फबाट पाकिस्तानबाट आएका तास अलिको देब्रेहाते तिब्र गतिको बलिंग हेर्न लायक हुने छ। उनीसँग बललाई स्विंग गराउन सक्ने क्षमता छ भने १४० भन्दा अधिकको गतिमा बलिंग गर्छन ।

Raju Rijal, Jaykishan Kolsawala
जयकिशन कोल्सावाला

त्यस्तै दिउसो १२:४५ बजेदेखि सुरु हुने दोश्रो खेलमा पारस खड्काको कप्तानीमा रहेको बिराटनगर वारियर्सले सोमबार भएको प्रतियोगिताको उद्घाटन खेलमा जित हातपारेको ललितपुर प्याट्रीएट्सको सामना गर्ने छ ।

दोश्रो खेलमा हंगकंगका बाबर हायात र अन्स्युमन राथ बिराटनगरका प्रभाव पार्न सक्ने खेलाडी हुन भने ललितपुर प्याट्रीएट्सका लागि सुबोध भाटी र जयकिशन कोल्सवाला हेर्न लायक खेलाडीहरु रहने छन् । सोमबार सम्पन्न पहिलो खेलमा सुबोध भाटीले ४ विकेट लिएका थिए भने कोल्सावालाले अविजित ४४ रनको पारि खेलेका थिए।

यस्ता छन् टोलीहरु

चितवन टाइगर्स

दिपेन्द्र सिंह ऐरी (मार्की खेलाडी), पृथु बास्कोटा (कप्तान),  कमल सिंह ऐरी, शाहब आलम, ललित सिंह भण्डारी, सुनाम गौतम, योगेन्द्र कार्की, अनिल कुमार मण्डल, दिलिप नाथ, भिम सार्की, दिलिप नाथ, आकाश थापा (ट्यालेन्ट हन्ट), प्रबिण गुप्ता   (बिदेशी), साबेज खान (बिदेशी), प्रमेश कुमार (बिदेशी)

पोखरा राइनोज

शक्ति गौचन (कप्तान, मार्की खेलाडी), बिनोद भण्डारी, सुशन भारी, सन्तोष भट्ट, सुनिल धमला, सौरभ खनाल, बिपिन खत्री, राजेश पुलामी मगर, किशोर महतो, नुर्धोज सेन, बिक्रम सोब, असिफ अलि (बिदेशी), इन्स्रार उल्लाह (बिदेशी), तास अलि (बिदेशी)

बिराटनगर वारियर्स

पारस खड्का (कप्तान, मार्की  खेलाडी), आकाश  बिस्ट, रामनरेश गिरि, अविनाश कर्ण, करन केसी, प्रनित थापा मगर, सुमित महर्जन, बसन्त रेग्मी,  अनिल शाह, असिफ शेख, पुस्प थापा, बाबर हयात (बिदेशी), अन्स्युमन राथ (बिदेशी)

ललितपुर प्याट्रियट्स

ज्ञानेन्द्र मल्ल (कप्तान, मार्की खेलाडी), मेहबुब आलम, सन्दिप लामिछाने, ललित राजबंशी, कुशल भुर्तेल, शंकार राना, पवन शर्राफ, राजबिर सिंह, सन्दिप जोरा, रासिद खान, सोनु तामांग, प्रतिस जिसी (ट्यालेन्ट हन्ट), योगेश नागर (बिदेशी), सुबोध भाटी योगेश नागर (बिदेशी), जयकिशन अनिलकुमार कोलसावाला योगेश नागर (बिदेशी)

सम्बन्धित समाचार:





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]