चितवन र पोखरा, बिराटनगर र ललितपुर भिड्ने

२०७४ पुष ३, सोमबार २३:१२

  • विकेटनेपाल, पौष ४ – मंगलबार

एभरेस्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत पौष ४ गते मंगलबार दुई खेलहरु हुदैछन् ।

टियु क्रिकेट मैदानमा पहिलो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ जसमा दिपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको चितवन टाइगर्स र शक्ति गौचन मार्की खेलाडी रहेको पोखरा राइनोजले प्रतिस्पर्धा गर्ने छन् ।

पोखरा राइनोजको कप्तानी पनि शक्ति गौचनले गर्नेछन् तर चितवन टाइगर्स भने आफ्नो कप्तान पृथु बास्कोटा बिनानै मैदानमा उत्रनुपर्ने छ । (यस्तो छ कारण)

पहिलो खेलमा चितवन टाइगर्सबाट भारतका लागि सन् २००४ को यु१९ विश्वकप खेलेका प्रबिण गुप्ता हेर्नलायक खेलाडी रहने छन् भने पोखरा राइनोजको तर्फबाट पाकिस्तानबाट आएका तास अलिको देब्रेहाते तिब्र गतिको बलिंग हेर्न लायक हुने छ। उनीसँग बललाई स्विंग गराउन सक्ने क्षमता छ भने १४० भन्दा अधिकको गतिमा बलिंग गर्छन ।

Raju Rijal, Jaykishan Kolsawala
जयकिशन कोल्सावाला

त्यस्तै दिउसो १२:४५ बजेदेखि सुरु हुने दोश्रो खेलमा पारस खड्काको कप्तानीमा रहेको बिराटनगर वारियर्सले सोमबार भएको प्रतियोगिताको उद्घाटन खेलमा जित हातपारेको ललितपुर प्याट्रीएट्सको सामना गर्ने छ ।

दोश्रो खेलमा हंगकंगका बाबर हायात र अन्स्युमन राथ बिराटनगरका प्रभाव पार्न सक्ने खेलाडी हुन भने ललितपुर प्याट्रीएट्सका लागि सुबोध भाटी र जयकिशन कोल्सवाला हेर्न लायक खेलाडीहरु रहने छन् । सोमबार सम्पन्न पहिलो खेलमा सुबोध भाटीले ४ विकेट लिएका थिए भने कोल्सावालाले अविजित ४४ रनको पारि खेलेका थिए।

यस्ता छन् टोलीहरु

चितवन टाइगर्स

दिपेन्द्र सिंह ऐरी (मार्की खेलाडी), पृथु बास्कोटा (कप्तान),  कमल सिंह ऐरी, शाहब आलम, ललित सिंह भण्डारी, सुनाम गौतम, योगेन्द्र कार्की, अनिल कुमार मण्डल, दिलिप नाथ, भिम सार्की, दिलिप नाथ, आकाश थापा (ट्यालेन्ट हन्ट), प्रबिण गुप्ता   (बिदेशी), साबेज खान (बिदेशी), प्रमेश कुमार (बिदेशी)

पोखरा राइनोज

शक्ति गौचन (कप्तान, मार्की खेलाडी), बिनोद भण्डारी, सुशन भारी, सन्तोष भट्ट, सुनिल धमला, सौरभ खनाल, बिपिन खत्री, राजेश पुलामी मगर, किशोर महतो, नुर्धोज सेन, बिक्रम सोब, असिफ अलि (बिदेशी), इन्स्रार उल्लाह (बिदेशी), तास अलि (बिदेशी)

बिराटनगर वारियर्स

पारस खड्का (कप्तान, मार्की  खेलाडी), आकाश  बिस्ट, रामनरेश गिरि, अविनाश कर्ण, करन केसी, प्रनित थापा मगर, सुमित महर्जन, बसन्त रेग्मी,  अनिल शाह, असिफ शेख, पुस्प थापा, बाबर हयात (बिदेशी), अन्स्युमन राथ (बिदेशी)

ललितपुर प्याट्रियट्स

ज्ञानेन्द्र मल्ल (कप्तान, मार्की खेलाडी), मेहबुब आलम, सन्दिप लामिछाने, ललित राजबंशी, कुशल भुर्तेल, शंकार राना, पवन शर्राफ, राजबिर सिंह, सन्दिप जोरा, रासिद खान, सोनु तामांग, प्रतिस जिसी (ट्यालेन्ट हन्ट), योगेश नागर (बिदेशी), सुबोध भाटी योगेश नागर (बिदेशी), जयकिशन अनिलकुमार कोलसावाला योगेश नागर (बिदेशी)

सम्बन्धित समाचार:

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy