यु-१९ इटहरी प्रिमियर लिग : बिराटनगर र इटहरीको पहिलो जित

  • विकेटनेपाल, २९ पौष – शनिबार 

सुनसरीको इटहरीमा जारि यू-१९ इटहरी प्रिमियर लिग क्रिकेटको दोश्रो दिनको खेलमा आयोजक इटहरी क्रिकेट एकेडेमी र बिराटनगर बिजयी भएका छन्।

इटहरी स्थित डीभीएम स्कुलको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा आयोजक इटहरी क्रिकेट एकेडेमीले नेपालगन्जमाथि ३ विकेटको जित हात पार्यो। नेपालगंजले शुक्रबार पहिलो खेलमा भैरहवालाई पराजित गरेको थियो।

नेपालगन्जले पहिले ब्याटिंग गर्दै दिएको ६१ रनको सामान्य लक्ष्य इटहरीले १२.३ ओभरमा ७ विकेट गुमाउंदै भेट्टायो। इटहरीको लागि लक्ष्य झिनो भएतापनि नेपालगन्जका बलरले लगातार विकेट लिंदा खेल रोमान्चक बनेको थियो। नेपालगन्जका लागि लवकुश यादव र अजय शाहनीले समान ३-३ विकेट लिएपनि त्यो जितका लागि पर्याप्त भएन।

भुपाल लुइटेल ( फोटो – newslaya.com ) 

यसअघि टस जित्दै पहिले ब्याटिंग गरेको नेपालगन्जले निर्धारित १७ ओभरमा ९ विकेट गुमाउंदै ६० रन बनाएको थियो। चल्न नसकेको नेपालगन्जको ब्याटिंगमा लवकुश यादवले सर्बाधिक १५ रन बनाएका थिए। अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।

इटहरीका लागि पवन सर्राफ र सोनु मण्डलले समान २-२ विकेट लिंदा खेलको म्यान अफ दि म्याच घोषित भएका भुपाल लुईटेलले ३ विकेट लिए।

बिराटनगर बिजयी

आजै सम्पन्न दिनको दोस्रो खेलमा बिराटनगरले धनगढी माथि ९ रनको रोमान्चक जित हात पारेको छ। पहिलो खेलमा बिराटनगरले काठमाडौँसंग ७ विकेटको पराजय बेहोरेको थियो।

बिराटनगरले दिएको १०३ रनको लक्ष्य पछ्याउने क्रममा धनगढी ९३ रनमै समेटिन पुग्यो। धनगढीका लागि बसन्त कार्कीले ३५, सागर भण्डारीले २१ र लोकेश बमले १० रनको योगदान गरे।

१९.१ ओभरमा धनगडीलाई समेट्ने क्रममा बिराटनगरका लागी बिबेक यादवले ३ विकेट लिए। यस्तै खेलको म्यान अफ द घोषित फिर्दोश अन्सारी र मिनस थापाले समान २-२ विकेट लिए।

यसअघि टस जित्दै पहिले ब्याटिंग गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउंदै १ सय २ रन बनाएको थियो। उसका लागि फिर्दोश अन्सारीले ३४, अंकित सुबेदीले ११ तथा दिपेश कंडेलले १० रनको योगदान गरे।

धनगढीका लागि बलिंगतर्फ सागर भण्डारीले २ विकेट लिए।

फिर्दोश अन्सारी

माघ २ गते सम्म चल्ने प्रतियोगतामा आयोजक इटहरी क्रिकेट एकेडेमी सहित ६ टिमको सहभागिता रहेको छ।

प्रतियोगितामा बिजयी हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ यस्तै  दोस्रो हुनेले ५० हजार प्राप्त गर्ने छ भने म्यान अफ द सिरिजले ५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृस्ट बलर र ब्याट्सम्यानले समान ५/५ हजार प्राप्त गर्ने छ यस्तै प्रत्येक खेलको म्यान अफ द म्याच घोषित हुनेले १५ सय रुपियाँ प्राप्त गर्नेछन् ।

समाचार श्रोत – Newslaya.com )





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]