पारसलाई मदन भण्डारी सम्मान, फोटोमा के-के भो क्रिकेट महोत्सवको पहिलो दिन

२०७४ माघ ५, शुक्रबार २०:१७

  • विकेटनेपाल, माघ-५ – शुक्रबार

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा शुक्रबार नेपालकै पहिलो क्रिकेट कार्निभल ( महोत्सव ) सुरु भएको छ। शुक्रबार र शनिबार २ दिन चल्ने महोत्सवको उद्घाटन रास्ट्रपति बिद्या भण्डारीले गर्नुभएको थियो।

महोत्सवमा नेपाली रास्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कालाई मदन भण्डारी सम्मान-२०७४ बाट सम्मानित गरिएको थियो। नेपाली क्रिकेट टिमलाई बिश्वकपको यात्रा गराएको र महत्वपूर्ण योगदानको लागि पारसलाई नगद २५ हजार सहित सम्मान पत्र प्रदान गरिएको थियो।

पारस खड्कालाई मदन भण्डारी सम्मान-२०७४ सम्मान

शुक्रबारनै कलाकार, नेता, खेलाडी, पत्रकार बीच मैत्रीपूर्ण क्रिकेट खेल समेत आयोजना गरिएको थियो जसको उद्घाटन पनि रास्ट्रपति भण्डारीले पारस खड्कालाई ब्याट र कलाकार दिपक राज गिरिलाई बल प्रदान गर्दै गर्नुभएको थियो।

महोत्सवमा शुक्रबार ट्यालेन्ट हन्ट कार्यक्रम समेत आयोजना गरिएको थियो जसमा करिब ५०० जनाले सहभागिता जनाएको आयोजकले बताएका छन्। यस्तै नेपाली क्रिकेटको इतिहास देखि बिभिन्न कालखण्ड झल्किने फोटो प्रदर्शनी समेत महोत्सवमा राखिएको छ।

ट्यालेन्ट हन्टमा सहभागी एक खेलाडी बलिंग गर्दै

महोत्सवमा शनिबार नेपाली क्रिकेटबारे बृहत अन्तर्क्रिया आयोजना हुनेछ भने ट्यालेन्ट हन्ट, फोटो प्रदर्शनी र चर्चित गायक-गायिकाद्वारा प्रदर्शनी समेत हुने आयोजकले बताएका छन्।

फोटोहरुमा हेर्नुस कस्तो भयो कार्निभलको पहिलो दिन 

बलिंग गर्दै कलाकार दिपक राज गिरि

रन लिंदै शंकर बिसी

पारस खड्कासंग दिपक राज गिरिको सेल्फी

यो पनि पढ्नुस :- ब्याट-बल समात्दै क्रिकेटर बने नेता र कलाकार, दिपक-दिपा देखि प्रभाकरसम्म ( फोटो-फिचर )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy