नेपालबिरुद्द डिभिजन-२ मा खेल्ने केन्या टिमको घोषणा

२०७४ माघ ९, मंगलवार २१:४०

  • विकेटनेपाल, माघ  ९ – मंगलबार

फेब्रुअरी ८ देखि १५ तारिखसम्म नामिबियामा आयोजना हुन लागेको विश्व क्रिकेट लिग डिभिजन-२ लागि केन्याले आफ्नो १४ सदस्यीय टिमको घोषणा गरेको छ।

आयोजक नामिबिया, नेपाल, ओमान, संयुक्त अरब ईमिरेट्स, क्यानडा र केन्या सम्मिलित प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीहरु आगामी बर्ष जिम्बाबेमा आयोजना हुने विश्वकप क्वालिफायर प्रतियोगिताको लागि छनोट हुनेछन्। प्रतियोगिताको पहिलो खेल नेपालले फेब्रुअरी ८ तारिकमा आयोजक नामिबियासंग खेल्नेछ भने चौथो खेल फेब्रुअरी १२ तारिकमा केन्यासंग खेल्ने कार्यक्रम रहेको छ। डिभिजन-२ खेल तालिका 

केन्याले प्रतियोगिताको तयारि स्वरूप १० दिन जिम्बाबेको भ्रमण गर्नेछ जहाँ उसले जिम्बाबे ‘ए’ टिमसँग टी-२० तथा ५० ओभरका खेलहरु खेल्ने छ। सन् २०१५ देखि २०१७ सम्म आयोजित विश्व क्रिकेट लिग च्याम्पियनशिपको पाँचौ स्थानमा रहेको केन्या नेपाल, नामिबिया र युएईसँगै डिभिजन-२ मा घटुवा भएको थियो।

डिभिजन-२ को लागि घोषित टिममा २०१४ मा सन्यास लिएका हिरेन भरईया फेरी खेल्ने भएका छन्। त्यस्तै एनालिस्टको रुपमा ८ वर्ष पाकिस्तानको महिला क्रिकेट टिमसँग बिताएका पाकिस्तानी क्लब क्रिकेटर सजिद यासिन हाश्मीलाई केन्याले एनालिस्टको रुपमा भित्र्याएको छ।

यस्तो छ केन्याको टिम :- 

राकेप पटेल (कप्तान), रुषब पटेल, गुर्दीप सिंह, धिरेन गोन्डरिया , इरफान करिम, कोल्लिन्स ओबुया, नेल्सन ओधिअम्बो, शेम न्गोचे, नेहेमिया ओधिअम्बो, एम्मनुएल् बुन्दी, लुकास ओलुओच, अलेक्स ओबान्ड़ो, करन कौर, हिरेन भरईया

नेपालसँग केन्याको पछिल्लो भेट 

नेपालले केन्यासंग गत महिना युएईमा बिश्व क्रिकेट लिग च्याम्पियनसिपको युएईसंगको खेल अघि अभ्यास खेलमा प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा नेपाल ६ विकेटले बिजयी भएको थियो जुनक्रममा पहिले ब्याटिंग गरेको केन्याले ११० रनमा सबै विकेट गुमाएपछि १११ रनको लक्ष नेपालले ४ विकेट गुमाई पुरा गरेको थियो। खेलमा नेपालको लागि ललित सिंह भण्डारीले ४ विकेट हात पारेका थिए भने ब्याटिंगमा दिपेन्द्र ऐरीले ४६ र शरद भेसावकरले ३१ रनको योगदान दिएका थिए। स्कोरकार्ड 

त्यसअघि आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालमा गत बर्ष मार्चमा सम्पन्न २ खेलमा केन्या र नेपालको भेट भएको थियो ।

Sharad Vesawkar , Rakep Patel

पहिलो खेलमा शेम न्गोचेले १८ रन खर्चेर ३ विकेट तथा कप्तान राकिप पटेलले अविजित ३८ रन प्रहार गरेपछि केन्याले ५ विकेटको जित प्राप्त गरेको थियो। स्कोरकार्ड 

दोश्रो खेलमा इरफान करिमले ३८ तथा कोल्लिन्स ओबुयाले ४८ रन प्रहार गरेपनि शरद भेसावकरले २८ रन खर्चेर ४ विकेट तथा ज्ञानेन्द्र मल्लले अविजित ६४ रन तथा दिपेन्द्र सिंह ऐरी ६२ रन प्रहार गरेपछि नेपालले ७ विकेटको जित प्राप्त गरेको थियो। दुवै खेलमा पारस खड्का चोटको कारण अनुपस्थित थिए। स्कोरकार्ड 

संबन्धित :- 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy