नेपालबिरुद्द डिभिजन-२ मा खेल्ने केन्या टिमको घोषणा

  • विकेटनेपाल, माघ  ९ – मंगलबार

फेब्रुअरी ८ देखि १५ तारिखसम्म नामिबियामा आयोजना हुन लागेको विश्व क्रिकेट लिग डिभिजन-२ लागि केन्याले आफ्नो १४ सदस्यीय टिमको घोषणा गरेको छ।

आयोजक नामिबिया, नेपाल, ओमान, संयुक्त अरब ईमिरेट्स, क्यानडा र केन्या सम्मिलित प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीहरु आगामी बर्ष जिम्बाबेमा आयोजना हुने विश्वकप क्वालिफायर प्रतियोगिताको लागि छनोट हुनेछन्। प्रतियोगिताको पहिलो खेल नेपालले फेब्रुअरी ८ तारिकमा आयोजक नामिबियासंग खेल्नेछ भने चौथो खेल फेब्रुअरी १२ तारिकमा केन्यासंग खेल्ने कार्यक्रम रहेको छ। डिभिजन-२ खेल तालिका 

केन्याले प्रतियोगिताको तयारि स्वरूप १० दिन जिम्बाबेको भ्रमण गर्नेछ जहाँ उसले जिम्बाबे ‘ए’ टिमसँग टी-२० तथा ५० ओभरका खेलहरु खेल्ने छ। सन् २०१५ देखि २०१७ सम्म आयोजित विश्व क्रिकेट लिग च्याम्पियनशिपको पाँचौ स्थानमा रहेको केन्या नेपाल, नामिबिया र युएईसँगै डिभिजन-२ मा घटुवा भएको थियो।

डिभिजन-२ को लागि घोषित टिममा २०१४ मा सन्यास लिएका हिरेन भरईया फेरी खेल्ने भएका छन्। त्यस्तै एनालिस्टको रुपमा ८ वर्ष पाकिस्तानको महिला क्रिकेट टिमसँग बिताएका पाकिस्तानी क्लब क्रिकेटर सजिद यासिन हाश्मीलाई केन्याले एनालिस्टको रुपमा भित्र्याएको छ।

यस्तो छ केन्याको टिम :- 

राकेप पटेल (कप्तान), रुषब पटेल, गुर्दीप सिंह, धिरेन गोन्डरिया , इरफान करिम, कोल्लिन्स ओबुया, नेल्सन ओधिअम्बो, शेम न्गोचे, नेहेमिया ओधिअम्बो, एम्मनुएल् बुन्दी, लुकास ओलुओच, अलेक्स ओबान्ड़ो, करन कौर, हिरेन भरईया

नेपालसँग केन्याको पछिल्लो भेट 

नेपालले केन्यासंग गत महिना युएईमा बिश्व क्रिकेट लिग च्याम्पियनसिपको युएईसंगको खेल अघि अभ्यास खेलमा प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा नेपाल ६ विकेटले बिजयी भएको थियो जुनक्रममा पहिले ब्याटिंग गरेको केन्याले ११० रनमा सबै विकेट गुमाएपछि १११ रनको लक्ष नेपालले ४ विकेट गुमाई पुरा गरेको थियो। खेलमा नेपालको लागि ललित सिंह भण्डारीले ४ विकेट हात पारेका थिए भने ब्याटिंगमा दिपेन्द्र ऐरीले ४६ र शरद भेसावकरले ३१ रनको योगदान दिएका थिए। स्कोरकार्ड 

त्यसअघि आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालमा गत बर्ष मार्चमा सम्पन्न २ खेलमा केन्या र नेपालको भेट भएको थियो ।

Sharad Vesawkar , Rakep Patel

पहिलो खेलमा शेम न्गोचेले १८ रन खर्चेर ३ विकेट तथा कप्तान राकिप पटेलले अविजित ३८ रन प्रहार गरेपछि केन्याले ५ विकेटको जित प्राप्त गरेको थियो। स्कोरकार्ड 

दोश्रो खेलमा इरफान करिमले ३८ तथा कोल्लिन्स ओबुयाले ४८ रन प्रहार गरेपनि शरद भेसावकरले २८ रन खर्चेर ४ विकेट तथा ज्ञानेन्द्र मल्लले अविजित ६४ रन तथा दिपेन्द्र सिंह ऐरी ६२ रन प्रहार गरेपछि नेपालले ७ विकेटको जित प्राप्त गरेको थियो। दुवै खेलमा पारस खड्का चोटको कारण अनुपस्थित थिए। स्कोरकार्ड 

संबन्धित :- 





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]