खुकुरी कप: भुपेन्द्र थापाको विस्फोटक शतकमा आर्मीको फराकिलो जित

  • विकेटनेपाल, माघ १७ – बुधबार

खुकुरी च्यालेंजर्स कप टी२० क्रिकेट प्रतियोगिता अनतर्गत आज दुईवटा खेलहरु सम्पन्न भएका छन् जसमा वाई वाई ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) र त्रिभुवन आर्मी क्लबले जित दर्ता गरे।

पहिलो खेल: ग्रेट हिमालय Vs नेपाल क्रिकेट स्कुल

मुलपानी मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी ( जीएचसीए ) ले  २० ओभरमा मात्र ४ विकेट गुमाउदै १७९ रनको योगफल तयार पार्यो। जित सँगै समूह चरणका सबै खेलहरुमा शतप्रतिशत नतिजा निकाल्दै जिएचसिए क्वाटरफाइनलमा प्रवेश गरेको छ।

ग्रेट हिमालयका लागि ओपनर अरुण ऐरीले सम्हाल्लिएर ५१ रनको पारि खेल्नेक्रममा ५२ बलमा ४  चौका र १ छक्का प्रहार गरे ।

अतिरिक्त ३० रन पाएको जिएचसिएको लागि इशान पाण्डेले आक्रामक पारि खेल्नेक्रममा अविजित ६७ रन प्रहार गर्न मात्र ३१ बलमा ४ चौका र ४ वटै छक्का प्रहार गरे ।

पहिलो २ विकेट मात्र २६ रनमा गुमाएको हिमालयको लागि अरुण ऐरी र दिनेश बुढामगर (२१ रन) ले ५० रनको तथा चौथो विकेटका लागि अरुणले इशानसँग मिलेर ८५ रनको साझेदारी गरेका थिए।

इशान पाण्डेले आक्रामक इनिंग खेले

बलिंगतर्फ नेपाल क्रिकेट स्कुलका प्रतिष जिसीले २४ रन खर्चेर २ विकेट लिँदा २ ब्याट्सम्यान रनआउटको सिकार भएका थिए।

 

जवाफमा उत्रिएको नेपाल क्रिकेट स्कुलले २० ओभरमा ८ विकेट गुमाउदै १५० रनमात्र बनायो । उसका लागि जितेन्द्र सिंह ठकुरीले ३० रन (२१ बल, ७ चौका) तथा रवि शाहले ३७ रन (३५ बल, ३ चौका) प्रहार गर्दा २२ रन अतिरिक्त पाएको थियो।

बलिंगतर्फ जिएचसिएका रुपेश श्रीवास्तवले ३२ रन खर्चेर ३ विकेट तथा ब्याटिंगमा पनि चम्कदै म्यान अफ द म्याच घोषित इशान पाण्डेले २ विकेट हात पारे।

दोश्रो खेल: त्रिभुवन आर्मी क्लब Vs ओएसिस क्रिकेट एकेडेमी

आजै भएको दोश्रो खेलमा त्रिभुवन आर्मी क्लबले ओएसीस क्रिकेट एकेडेमीलाई १३३ रनको फराकिलो अन्तरले पराजित गर्यो। आर्मीले यस अघि पहिलो खेलमा ग्रेट हिमालयसंग ५ विकेटको हार बेहोरेको थियो

टस जितेर पहिले ब्याटिंग गरेको आर्मीले भुपेन्द्र थापाको शतकको मद्दतमा २० ओभरमा २ विकेट गुमाएर २३६ रनको योगफल तयार पारेको थियो । भुपेन्द्र थापाले अविजित १०३ रन प्रहार गर्ने क्रममा ६६ बलमा ६ चौका र त्यतिनै छक्का प्रहार गरे।

त्यस्तै इन्द्रकमल मानन्धरले पनि ८५ रनको पारि खेल्नेक्रममा ४० बलमा १२ चौका र ४ छक्का प्रहार गर्दै पहिलो विकेटको लागि भुपेन्द्र थापासँग १६१ रनको साझेदारी गरेका थिए ।

शतक प्रहार गरेपछि भुपेन्द्र थापा

राजु रिजालले पनि २१ रन (१४ बल, २ चौका) प्रहार गर्दै भुपेन्द्रसँग दोश्रो विकेटको लागि ४१ रनको साझेदारी गरे भने तेस्रो विकेटको लागि भुपेन्द्र र राहुल बिकले अविजित ३४ रनको साझेदारी गरे । राहुल बिकले अविजित १५ रन बनाउन ७ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

 

जवाफमा उत्रिएको ओएसीसले १८.२ ओभरमा १०३ रन बनाउदा सबै विकेट गुमायो । २७ रन अतिरिक्त पाउदा अविनाश सिंह (२१ रन), सुसन कार्की (१७ रन), अमित महतो (११ रन) ले मात्र दोहोरो अंकमा रन बनाउन सके ।

बलिंगतर्फ आर्मीका अविनाश बोहराले ४ विकेट लिन ४ ओभरमा मात्र ८ रन खर्चे भने लोकेन्द्र चन्दले ३ विकेट लिन ३ ओभरमा १ मेडन सहित १० रन खर्चे ।

शतक बनाएका भुपेन्द्र थापा म्यान अफ द म्याच घोषित भए ।

अंकतालिका

Group C

TEAM MATCH WIN LOSS NO RESULT POINTS Run Rate
Wai Wai GHCA 4 4 0 0 12 +2.14
Tribhuwan Army Club 2 1 1 0 3 +3.14
Nepal Cricket School 3 1 2 0 3 +0.25
IOE Thapathali 3 1 2 0 3 -1.24
Oasis Cricket Academy 4 1 3 0 3 -2.97

 

भोलि ( बिहिबार ) हुने खेलहरु:

पहिलो खेल: आईओई पुल्चोक Vs लर्ड बुद्द क्रिकेट क्लब
दोश्रो खेल: बालुवाटार क्रिकेट क्लब  Vs   त्रिमूर्ति ब्वाईज

खुकुरी इन्टरटेन्मेन्टको आयोजनामा सुरु भएको प्रतियोगिताको बिजेताले ३ लाख रुपैयाँ तथा उपविजेताले १ लाख रुपैयाँ पाउने छ। यस्तै उत्कृस्ट खेलाडीले २० हजार तथा बलर/ब्याट्सम्यानले १०/१० हजार रुपैयाँ पुरस्कार पाउनेछ।

कुल २० टिम सहभागी रहेको प्रतियोगिता २४ दिनसम्म चल्नेछ।  २० टिमलाई ४ वटा समुहमा बिभाजन गरेर लिग-कम नक-आउट फर्म्याटमा खेलाइनेछ। प्रतियोगिताको सेमीफाइनल र फाइनल खेल त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा संचालन हुनेछ भने क्वार्टरफाइनल खेलहरु मुलपानी मैदानमा खेलिनेछ।

सहभागी टिम र समुह 

समूह ‘ए’ : काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर , अल्टिमेट इन्डोर क्रिकेट, आरसिए प्युठान च्यालेन्जर्स, शान्तिनगर युवा क्लब, मलपोखरी क्रिकेट क्लब

समूह ‘बी’ : आई.ओ.ई. पुल्चोक, रोयल पिसी फाईटर्स, लर्ड बुद्ध क्रिकेट क्लब, बालुवाटार क्रिकेट क्लब, त्रिमुर्ति व्वाइज

समूह ‘सी’ : ओएसिस क्रिकेट एकेडेमी, ग्रेट हिमालय क्रिकेट एकेडेमी, आई.ओ.ई थापाथली, नेपाल क्रिकेट स्कुल, त्रिभुवन आर्मी क्लब

समूह ‘डी’ :  टिकापुर क्रिकेट, रौतहट-११, मकवानपुुर क्रिकेट क्लब, बुटवल क्रिकेट ब्वाइज, इन्टर- डिस्ट्रिक्ट क्रिकेट क्लब





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]