ट्यालेन्ट हन्टबाट १० जनालाई छात्रवृति र क्रिकेट किट

२०७४ माघ २३, मंगलवार २२:४०

  • विकेटनेपाल, माघ २३ – मंगलबार

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा नेपालमै पहिलो पटक आयोजना भएको क्रिकेट कार्निभलमा आयोजित ट्यालेन्ट हन्टबाट उत्कृस्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई छात्रवृति प्रदान गरिएको छ।

काठमाण्डौमा आज आयोजित कार्यक्रमका बीच माघ ५ र ६ गते आयोजित मेलाको ट्यालेन्ट हन्ट कार्यक्रम अन्तर्गत सहभागी करिब ५०० खेलाडीहरुबाट उत्कृस्ट प्रदर्शन गर्ने १० खेलाडीहरुलाई छात्रवृति प्रदान गरिएको हो।

शुशील कोईराला मेमोरियल फाउन्डेसनको समेत सहयोग रहेको ट्यालेन्ट हन्ट कार्यक्रमबाट १० खेलाडीहरुलाई क्रिकेट सामग्री तथा १ वर्षको लागि निशुल्क प्रशिक्षणको ब्याबस्था गरिएको छ भने थप ३ जना खेलाडीहरुलाई १ वर्षको लागि निशुल्क प्रशिक्षणको ब्यबस्था गरिएको छ ।

निशुल्क प्रशिक्षण र खेल सामग्री पाउनेमा कमल खत्री, अमृत थापा, दिनेश बुढामगर, कृस्मा गुरुङ, अशोक पौडेल, खुशी ढंगोल, अफगाल अलि, अनुरोध पन्त, राम सुरत यादव र रौनक पराजुली रहेका छन् भने १ वर्षको निशुल्क प्रशिक्षण पाउनेमा अजय देव, रुपेन्द्र श्रेष्ठ, प्रतिका दाहाल रहेका छन् ।

 

सम्बन्धित:

पारसलाई मदन भण्डारी सम्मान, फोटोमा के-के भो क्रिकेट महोत्सवको पहिलो दिन

नेपालमा पहिलो पटक हुन लागेको ‘क्रिकेट मेला’ को तयारि पुरा

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy