रुपन्देही सुपर लिग: केशब पौडेलको ७ विकेटमा वेष्टर्न क्रिकेट क्लबको जित

  • विकेटनेपाल, फाल्गुन १३ – सोमबार

भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा लिग चरण अन्तर्गत सोमबार भएको डिभिजन ‘ए’ को समूह (बि) को खेलमा वेष्टर्न क्रिकेट क्लब बुटवलले साई ग्लोबल क्रिकेट क्लब भैरहवामाथि ८ विकेटको सानदार जित निकालेको छ ।

८४ रनको सामान्य लक्ष्य पाएको वेष्टर्नले निर्धारित ५० ओभरको खेलमा ८ ओभर २ बलमा २ विकेटको क्षतिमा ८८ रन बनाउँदै सहज जित निकाल्यो । उसको जितमा राहुल कुमारले नटआउट ३६, निर्मल थापाले १९, शौरभ खनालले १४ र भुवन पाण्डेले नटआउट १४ रन बनाए । बलिङमा साई ग्लोबलका अक्तर हुसेन र बसिर अहम्मदले समान १/१ विकेट लिए । 

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको साइ ग्लोबलले निर्धारित खेलमा १६ ओभर २ बल खेल्दै सबै विकेट गुमाई ८३ रनको झिनो योगफल बनाएको थियो । उसका लागि इमरान खाँनले १९ र आसुतोष पासवानले १५ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न नसक्दा टिमले नराम्रोसँग हार व्यहोर्यो । साई ग्लोबललाई सस्तैमा समेट्ने क्रममा बलिङमा खेलका म्यान अफ द म्याच समेत रहेका वेष्टर्नका केशब पौडेलले सानदार बलिङ गर्दै ८ ओभर २ बलमा ३६ रन खर्चेर ७ विकेट लिए । यस्तै विक्रम भुसालले ३ विकेट लिए ।

बुधबार समूह (ए) मा रहेका शिवशक्ति क्रिकेट क्लब भैरहवा र शंकरनगर क्रिकेट क्लब शंकरनगरबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा विजेता क्लबले नगद ७० हजार प्राप्त गर्ने छ भने उपविजेताले नगद ३५ हजार प्राप्त गर्ने छ । यस्तै उत्कृष्ट खेलाडीले १० हजार, बेष्ट बलर र बेष्ट ब्याट्स म्यानले नगद ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने छन् ।  प्रतियोगिता फागुन २६ गतेसम्म चल्ने छ ।





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]