पहिलो खेलमै नेपालको भेट टेस्ट रास्ट्र जिम्बाबेसंग

Nepal vs Zimbabwe
  • विकेटनेपाल – १९ फाल्गुन, शनिवार

आइसीसी विश्व कप छनौट प्रतियोगिता आईतवारबाट जिम्बाबेमा सुरु हुँदैछ। प्रतियोगितामा १० टोलि बीच शिर्ष दुई स्थान हाँसिल गर्दै २०१९ मा इंग्ल्याण्डमा आयोजना हुने बिश्वकप छनौट हुन प्रतिस्पर्धा गर्दैछन्।

समूह “बि” मा रहेको नेपालले आफ्नो पहिलो खेलमा आइतवार आयोजक तथा टेस्ट रास्ट्र जिम्बाबेको सामना गर्ने छ। जिम्बाबेको क्विन्स स्पोर्ट्स क्लब बुलावेयोमा खेल नेपाली समय अनुसार दिउँसो १:१५ बजेबाट सुरुहुने छ। पछिल्लो केहि दिन यता समय समयमा बर्षा भैरहेको जिम्बाबेको बुलावेयोमा आइतवार भने बादल लाग्ने पूर्वानुमान रहेको छ।

सन् १९९२ मा आइसीसीबाट टेस्ट राष्ट्रको मान्यता पाएको जिम्बाबे नेपालको लागि सहज प्रतिद्वन्द्वी भने कदापि हुनेछैन। सन् १९८३ को बिश्वकप देखि जिम्बाबेले २०१५ सम्म सबै ९ वटा एकदिवसीय बिश्वकप खेलीसकेको छ।

Nepal vs Zimbabwe

जिम्बाबे र नेपालको रास्ट्रिय टिम बीच यो इतिहासमै पहिलो भेट हुनेछ। यु-१९ स्तरमा भने नेपाल र जिम्बाबे ४ पटक प्रतिस्पर्धा गरिसकेका छन् जसमध्ये ३ वटा खेलमा जिम्बाबेले तथा एउटा खेलमा नेपालले जिम्बाबेलाई पराजित गरेको छ। सन् २००८ को यु-१९ बिश्वकपको नवौं स्थानको लागि भएको प्लेअफ खेलमा नेपालले जिम्बाबेलाई ९९ रनको ठुलो अन्तरले पराजित गरेको थियो जुन खेलमा पारस खड्काले २० रन बनाउनुको साथै ३ विकेट लिएका थिए। जिम्बाबेलाई पराजित गर्दाको प्लेयिंग ११ मा ज्ञानेन्द्र मल्ल पनि थिए।

पछिल्लो १० खेलमा जिम्बाबेको नतिजा 

– पपुवा न्यु गिनीसंग ५ विकेटको जित ( बिश्वकप छनौट अभ्यास खेल )
– अफगानिस्तानसंग १४६ रनको हार ( एकदिवसीय सिरिज )
– अफगानिस्तानसंग १० विकेटको हार ( एकदिवसीय सिरिज )
– अफगानिस्तानसंग ६ विकेटको हार ( एकदिवसीय सिरिज )
– अफगानिस्तानसंग १५४ रनको जित  ( एकदिवसीय सिरिज )
– अफगानिस्तानसंग १५४ रनको हार ( एकदिवसीय सिरिज )
– बंगलादेशसंग ९१ रनको हार ( त्रिकोणात्मक सिरिज )
– श्रीलंकासंग ५ विकेटको हार ( त्रिकोणात्मक सिरिज )
– श्रीलंकासंग १२ रनको जित ( त्रिकोणात्मक सिरिज )
– बंगलादेशसंग ८ विकेटको हार ( त्रिकोणात्मक सिरिज )

नेपालको लागि खतरा हुन सक्ने दुई खेलाडी 

नेपाल र जिम्बाबे बीचको खेललाई तुलनात्मक रुपमा हेर्दा जिम्बाबे निकै बलियो टोलि देखिन्छ। तर पछिल्लो केहि समयमा जिम्बाबेको खस्कदो प्रदर्शनले गर्दा नेपाली टोलिले अचम्मित पार्ने किसिमको नतिजा निकाल्नेमा आशावादी हुने अवस्था रहेको छ। जिम्बाबेकोतर्फबाट नेपालको लागि खतरनाक रहने सक्ने दुई खेलाडीहरुमा सिकन्दर रजा र ब्रेण्डन टेलर रहेका छन्।

सिकन्दर रजा : पाकिस्तानमा जन्मिएका ३१ बर्षीय सिकन्दर रजा सन् २०१३ यता जिम्बाबे टोलिको मुख्य खेलाडी बनेका छन्। दायाँ हाते ब्याट्सम्यान रजाको नाममा एक दिवसीय क्रिकेटमा २,१८५ रन रहेको छ। त्यससंगै उनको नाममा ३८ एक दिवसीय विकेट समेत रहेको छ। जिम्बाबे टोलिका लागि एक कुशल अलराउन्डर बनिसकेका रजालाई नेपाली टोलिले सस्तैमा रोक्न नासकेमा उनि नेपाली टोलीमाथि भारि पर्न सक्छन्।

सिकन्दर रजा

ब्रेण्डन टेलर : जिम्बाबे क्रिकेटको इतिहासमा जन्मिएका कुशल ब्याट्सम्यान मध्येका एक हुन् ब्रेण्डन टेलर। सन् २०१५ को आइसीसी एक दिवसीय विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा भएका टेलर सन् २०१७ मा पुन राष्ट्रिय जर्सीमा फर्किएका हुन्। विकेटकिपर ब्याट्सम्यान टेलरको नाममा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५,५८५ रन रहेको छ। एक दिवसीय करियरमा जम्मा ९ शतक जोडिसकेका टेलरले सन् २०१५ को एक दिवसीय विश्वकपमा भारत बिरुद्द समेत शतक बनाएका थिए।

ब्रेण्डन टेलर

खेल अघि कसले के भने ? 

नेपाल कप्तान – पारस खड्का  ” हामी यहाँसम्म आइपुगेकोमा धेरै उत्साहित छौं। डिभिजन-२ सम्पूर्ण टोलिका लागी गाह्रो थियो तर हामी यहाँसम्म आइपुग्न सफल भयौं। त्यसैले अब हामी यो प्रतियोगिताका लागी उत्साहित छौं। ठूला टोलीहरूमा धेरै दवाब छ तर हामी भने अझ अगाडिसम्म पुग्छौं भन्ने आशा राख्छौं र त्यसको लागी हामी एक खेललाई एक पटक लिन्छौं। ”

जिम्बाबे कप्तान –  ग्रेम क्रिमर “प्रतियोगिता आफ्नै घरेलु मैदानमा खेल्न हामि उत्साहित छौ र ड्रेसिंग रुमको माहोल बिशेष छ। पक्कै पनि घरमा खेल्दा हामिलाई दबाब छ र हामी त्यसको सामना गर्न तयार छौ”

नेपाली टिम 

पारस खड्का, ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शक्ति प्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, करन केसी, मोहम्मद आरिफ शेख, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, दिलिप नाथ, ललित भण्डारी, रोहित कुमार पौडेल, अनिल कुमार साह र ललित राजबंशी

जिम्बाबे टिम 

गरेम क्रिमर ( कप्तान ) , सिङ विलियम्स, टेण्डाई चिसोरो, टेण्डाई चटारा, क्रेग इर्भिन, कल जार्भिस, ह्यामिल्टन मासाकाट्जा, पिटर मुर्, सोलोमोन मिरे, ब्लेसिंग मुजराबानी, केफास झुवाओ, सिकन्दर राजा, ब्रेण्डन टेलर, ब्रायन भिटोरी, माल्कम वालर

सहभागी टिम र समुह बिभाजन 

समुह ‘ए’ –  वेस्ट इन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी र युएई
समुह ‘बि’ – अफगानिस्तान, जिम्बाबे, स्कटल्याण्ड, हंगकंग र नेपाल

कसरि पुगे बिश्वकप छनौटसम्म टिमहरु ? 

युएई र नेपाल २०१८ डिभिजन-२ को बिजेता र उपविजेताको रुपमा
वेस्ट इन्डिज, अफगानिस्तान, जिम्बाबे र आयरल्याण्ड  – ३० सेप्टेम्बर २०१७ सम्मको आईसीसी एकदिवसीय वरियतामा उत्कृस्ट ८ टिम भित्र पर्न असफल ( ९-१२ औं स्थान )
नेदरल्याण्ड, स्कटल्याण्ड, हंगकंग र पपुवा न्युगिनी – बिश्वक्रिकेट लिग च्याम्पियनसिप २०१५-१७ मा उत्कृस्ट-४ टिम

कसरि छानिन्छ बिश्वकप छानिने २ टिम ? 

बिश्वकप छनौट प्रतियोगितामा सहभागी १० टिमहरुलाई २ समुहमा बिभाजन गरिएको छ समुह चरणमा सबै टिमले एकअर्कासंग १-१ खेल खेल्नेछन् जसपछि दुवै समुहबाट उत्कृस्ट-३ हुने टिम सुपर-सिक्स चरण खेल्न छनौट हुनेछ। सुपर-सिक्स चरणमा एउटा टिमले ३ वटा खेल खेल्ने छ ( समुह चरणमा भेट नभएका टिमसंग मात्र खेल्नेछ )। समुह चरणमा पाएको अंक समेत सुपर सिक्स चरणमा जोडिनेछ ( समुह चरणको अंक तालिकामा तलको २ स्थानमा रहेका टिमसंग पाएको अंक बाहेक )। सुपर सिक्स चरणपछि फाइनल पुग्ने उत्कृस्ट २ हुने टिम बिश्व कप २०१९ खेल्न छनौट हुनेछ।

एकदिवसीय मान्यता कसले पाउछ ? 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले बिश्वकप छनौट प्रतियोगितामा सहभागी १० टिम मध्ये उत्कृस्ट ३ एसोसिएट रास्ट्रलाई एकदिवसीय रास्ट्रको मान्यता दिने बताएको छ। १० टिम मध्ये वेस्ट इन्डिज, जिम्बाबे, अफगानिस्तान र आयरल्याण्ड टेस्ट रास्ट्र हो भने बाँकी ६ देश नेपाल, नेदरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्यु गिनी, हंगकंग र युएई मध्ये सर्वाधिक अंक प्राप्त गर्ने ३ वटा टिमले एकदिवसीय मान्यता पाउनेछ।

नेपालको खेल तालिका 

४ मार्च – जिम्बाबेसंग
८ मार्च – स्कटल्याण्डसंग
१० मार्च – अफगानिस्तानसंग
१२ मार्च – हंगकंगसंग

 





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]