डीएभीको जितमा आदीलको आक्रामक इनिंग

  • विकेटनेपाल, फाल्गुन २५ 

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार देखि युनिभर्सिटी क्रिकेट कप प्रतियोगिताको दोश्रो संस्करण सुरु भएको छ।

प्रतियोगिताको उद्घाटन एमाले नेता प्रतिप ज्ञवालीले ब्याटिंग, गोल्डेन गेट कलेजका सीईओ तथा हिसानका अध्यक्ष रमेश शिलवालले बलिंग तथा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठले विकेटकिपिंग गर्दै गरेका थिए। नक-आउटको आधारमा संचालित प्रतियोगितामा १६ वटा कलेज टिमहरुले सहभागिता जनाएका छन् जुन फाल्गुन २५ देखि सुरु भइ चैत्र ३ गतेसम्म चल्नेछ।

टियु मैदानमा आज सम्पन्न २ वटा खेलहरुमा डीएभी र न्यु समिट कलेजले जित हाँसिल गर्दै क्वार्टरफाइनल प्रवेश गरेका छन्।

पहिलो खेल – आदीलको आक्रामक इनिंगले डीएभीको जित  ( स्कोरकार्ड

टस हारेर त्रिभुवन बिश्वबिद्यालय ‘बि’ संग ब्याटिंग गरेको डीएभीले २० ओभरमा ५ विकेट गुमाएर १६६ रन बनायो। १६७ रन लक्ष्य पछ्याउने क्रममा टियु ‘बि’  २० ओभर पुरै ब्याटिंग गरे पनि ५ विकेट गुमाएर ११२ रन मात्रै बनाउन सक्दा ५४ रनको हार बेहोर्यो।

यु-१९ रास्ट्रिय क्रिकेट टिमको अनुभव बोकेका बायाँ हाते आदील खानले डीएभीको इनिंगमा व्यक्तिगत ८० रन बनाएका थिए। प्लेयर अफ द म्याच चुनिएका खानले ८ चौका र ३ छक्का प्रहार गर्न मात्र ५८ बल खेले। ओपनर सुधिर चौधरीले २९ तथा गौरभ खड्काले अविजित २४ रन योगदान दिए।

Aadil Khan
Aadil Khan

टियुलाई लक्ष्यसम्म पुग्न नदिन बलिंग तर्फ डीएभीका संजय बस्नेतले ३ विकेट ( ४-०-१७-३ ) लिए। टियुको लागि बिरेन्द्र सिंह कार्कीले अविजित २८ तथा महेश कार्कीले २६ रन योगदान दिए।

दोश्रो खेल – न्यु समिटसंग बोन कलेज पराजित ( स्कोरकार्ड

आजै सम्पन्न दोश्रो खेलमा बोन कलेजलाई ६ विकेटले पराजित गर्दै न्यु समिट कलेज क्वार्टरफाइनल प्रवेश गर्यो।

टस जितेर पहिले ब्याटिंग गरेको बोन कलेजले १७.२ ओभरमा सबै विकेट गुमाई ८६ रन मात्रै बनाउन सक्यो। निमा छिरिंगले ३७ रन ( ४७ बल, ४ चौका, १ छक्का ) बनाउनु बाहेक अन्य ब्याट्सम्यानहरुले उल्लेख्य रन बनाउन सकेनन्। समिटका बलर जन्मेजय यादबले ३ विकेट ( ३-०-१४-३ ) तथा  शरद खड्काले २ विकेट लिए।

८७ रनको लक्ष्य न्यु समिटले १० ओभरमै भेटायो। ओपनर शुभम अग्रवाल र मिलन क्षेत्रीले क्रमश ३० र २० रन बनाउदै टिमलाई सहज जित दिलाए। अग्रवालले १७ बलमा २ चौका र २ छक्का तथा क्षेत्रीले २० बलमा ३ चौका प्रहार गरे।

शनिबार हुने खेलहरु – 

पहिलो खेल – क्यारेबियन कलेज Vs के एण्ड के कलेज
दोश्रो खेल – ओमेगा कलेज Vs जनता कलेज

सहभागी टिमहरु – 

गोल्डेनगेट कलेज, त्रिभुवन युनिभर्सिटी ‘ए’ , त्रिभुवन युनिभर्सिटी ‘बि’ , सेन्ट जेभियर कलेज, कसमस कलेज, नेपाल कमर्श क्याम्पस, डि.भी कलेज, ट्रिटन कलेज, शंकरदेव कलेज, क्यारेबियन कलेज, ओमेगा कलेज, युनिग्लोब कलेज, के एण्ड के कलेज, न्यु समिट कलेज, बन कलेज र जनता उच्च मावि

फोटोहरु – 





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]