डीएभीको जितमा आदीलको आक्रामक इनिंग

  • विकेटनेपाल, फाल्गुन २५ 

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार देखि युनिभर्सिटी क्रिकेट कप प्रतियोगिताको दोश्रो संस्करण सुरु भएको छ।

प्रतियोगिताको उद्घाटन एमाले नेता प्रतिप ज्ञवालीले ब्याटिंग, गोल्डेन गेट कलेजका सीईओ तथा हिसानका अध्यक्ष रमेश शिलवालले बलिंग तथा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठले विकेटकिपिंग गर्दै गरेका थिए। नक-आउटको आधारमा संचालित प्रतियोगितामा १६ वटा कलेज टिमहरुले सहभागिता जनाएका छन् जुन फाल्गुन २५ देखि सुरु भइ चैत्र ३ गतेसम्म चल्नेछ।

टियु मैदानमा आज सम्पन्न २ वटा खेलहरुमा डीएभी र न्यु समिट कलेजले जित हाँसिल गर्दै क्वार्टरफाइनल प्रवेश गरेका छन्।

पहिलो खेल – आदीलको आक्रामक इनिंगले डीएभीको जित  ( स्कोरकार्ड

टस हारेर त्रिभुवन बिश्वबिद्यालय ‘बि’ संग ब्याटिंग गरेको डीएभीले २० ओभरमा ५ विकेट गुमाएर १६६ रन बनायो। १६७ रन लक्ष्य पछ्याउने क्रममा टियु ‘बि’  २० ओभर पुरै ब्याटिंग गरे पनि ५ विकेट गुमाएर ११२ रन मात्रै बनाउन सक्दा ५४ रनको हार बेहोर्यो।

यु-१९ रास्ट्रिय क्रिकेट टिमको अनुभव बोकेका बायाँ हाते आदील खानले डीएभीको इनिंगमा व्यक्तिगत ८० रन बनाएका थिए। प्लेयर अफ द म्याच चुनिएका खानले ८ चौका र ३ छक्का प्रहार गर्न मात्र ५८ बल खेले। ओपनर सुधिर चौधरीले २९ तथा गौरभ खड्काले अविजित २४ रन योगदान दिए।

Aadil Khan
Aadil Khan

टियुलाई लक्ष्यसम्म पुग्न नदिन बलिंग तर्फ डीएभीका संजय बस्नेतले ३ विकेट ( ४-०-१७-३ ) लिए। टियुको लागि बिरेन्द्र सिंह कार्कीले अविजित २८ तथा महेश कार्कीले २६ रन योगदान दिए।

दोश्रो खेल – न्यु समिटसंग बोन कलेज पराजित ( स्कोरकार्ड

आजै सम्पन्न दोश्रो खेलमा बोन कलेजलाई ६ विकेटले पराजित गर्दै न्यु समिट कलेज क्वार्टरफाइनल प्रवेश गर्यो।

टस जितेर पहिले ब्याटिंग गरेको बोन कलेजले १७.२ ओभरमा सबै विकेट गुमाई ८६ रन मात्रै बनाउन सक्यो। निमा छिरिंगले ३७ रन ( ४७ बल, ४ चौका, १ छक्का ) बनाउनु बाहेक अन्य ब्याट्सम्यानहरुले उल्लेख्य रन बनाउन सकेनन्। समिटका बलर जन्मेजय यादबले ३ विकेट ( ३-०-१४-३ ) तथा  शरद खड्काले २ विकेट लिए।

८७ रनको लक्ष्य न्यु समिटले १० ओभरमै भेटायो। ओपनर शुभम अग्रवाल र मिलन क्षेत्रीले क्रमश ३० र २० रन बनाउदै टिमलाई सहज जित दिलाए। अग्रवालले १७ बलमा २ चौका र २ छक्का तथा क्षेत्रीले २० बलमा ३ चौका प्रहार गरे।

शनिबार हुने खेलहरु – 

पहिलो खेल – क्यारेबियन कलेज Vs के एण्ड के कलेज
दोश्रो खेल – ओमेगा कलेज Vs जनता कलेज

सहभागी टिमहरु – 

गोल्डेनगेट कलेज, त्रिभुवन युनिभर्सिटी ‘ए’ , त्रिभुवन युनिभर्सिटी ‘बि’ , सेन्ट जेभियर कलेज, कसमस कलेज, नेपाल कमर्श क्याम्पस, डि.भी कलेज, ट्रिटन कलेज, शंकरदेव कलेज, क्यारेबियन कलेज, ओमेगा कलेज, युनिग्लोब कलेज, के एण्ड के कलेज, न्यु समिट कलेज, बन कलेज र जनता उच्च मावि

फोटोहरु – 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy