इशान पाण्डेको विस्फोटक शतकले टियु सजिलै सेमीफाइनलमा : युनिभर्सिटी कप

Ishan Pandey Century
  • विकेटनेपाल, फाल्गुन २९ – मंगलबार 

काठमाडौँमा जारि ‘गोल्डेन गेट युनिभर्सिटी कप क्रिकेट’ प्रतियोगिताको मंगलबार सम्पन्न क्वार्टरफाइनल खेलहरु जित्दै कस्मस कलेज र टियु सेमीफाइनल प्रवेश गरेका छन्। टियुले क्यारेबियन कलेजलाई तथा कस्मसले न्यु समित कलेजलाई पराजित गरेको हो।

पहिलो खेल – कस्मसको सहज जित 

यु-१९ रास्ट्रिय क्रिकेट टिममा रहीसकेका खेलाडीहरुको वर्चस्व रहेको कस्मसले टस हारेर पहिले ब्याटिंग गर्दै २० ओभरमा १४९/९ को योगफल तयार गर्यो। कमल सिंह ऐरीले सर्वाधिक ५६ रन ( ३९ बल, ४ चौका र ४ छक्का ) प्रहार गरे भने योगेन्द्र सिंह कार्कीले २५ र सन्दिप जोराले २४ रन बनाए। न्यु समिटका बलर जन्मेन्जय यादबले ४ विकेट हात हात पर्न ४ ओभरमा २५ रन खर्चिए।

NTC Man Of the Match Kamal singh airee
NTC Man Of the Match Kamal singh airee

जवाफमा ब्याटिंग गरेको न्यु समिटले खराब ब्याटिंग गर्यो र २० ओभरमा १०२ रन मात्रै बनाउन सक्यो। करन शाहले ३१ रन तथा शरद खड्काले २५ रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन्। कस्मसको लागि कुशल भुर्तेलले उत्कृस्ट बलिंग गर्दै ३ विकेट लिन ३ ओभर बलिंग गरेर २ मेडन ओभर सहित मात्र ४ रन खर्चिए।

दोश्रो खेल : इशान पाण्डेको विस्फोटक शतकमा टियुको ठुलो जित 

यु-१९ रास्ट्रिय क्रिकेटर रहीसकेका इशान पाण्डेले आक्रामक ब्याटिंग गर्दै १२६ रनको बिशाल इनिंग खेलेपछि टस जितेर ब्याटिंग गरेको टियुले २० ओभरमा ४ विकेट गुमाएर २०७ रनको योगफल तयार गर्यो। २०१६ को यु-१९ बिश्वकपमा नेपाली टिममा रहेका पाण्डेले मात्र ७० बल खेल्दै १६ चौका र ५ छक्का प्रहार गरे। कप्तान पृथु बास्कोटाले ३२ तथा सुबास खकुरेलले २४ रन बनाए।

NTC Man Of the Match Ishan Pandey (1)
NTC Man Of the Match Ishan Pandey

बिशाल लक्ष्य पछ्याउने क्रममा क्यारेबियन कलेजले ७१ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।संजय अधिकारीले १६, अमित कुशवाहाले १४ र जय प्रकाश गुप्ताले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। टियु बलर बिक्रम सोब,पृथु बास्कोटा र सागर ढकालले समान ३/३ विकेट लिए । पृथुले १.३ ओभर मात्र ११ रन खर्चे भने सोबले ४ ओभरमा १७ र ढकालले ४ ओभरमा मात्र ७ रन खर्चिए।

प्रतियोगिता अन्तर्गत बुधबार हुने क्वार्टरफाइनल खेलहरुमा शंकरदेब क्याम्पस र डीएभी तथा जनता कलेज र गोल्डेन गेट कलेजले प्रतिस्पर्धा गर्नेछन्।

कुल १६ वटा टिमको सहभागीता रहेको प्रतियोगिताको बिजेताले २ लाख रुपैयाँ तथा उपविजेताले १ लाख रुपैया प्राप्त गर्नेछन्। यस्तै उत्कृस्ट बलर र ब्याट्सम्यानले १० हजार रुपैया तथा प्रत्येक खेलको उत्कृस्ट खेलाडीले ५ हजार रुपैयाँ बराबरको एक्सटेपको जुत्ता र नेपाल टेलिकमद्वारा १ हजार रुपैया प्राप्त गरिरहेका छन्।

सहभागी टिमहरु –

गोल्डेनगेट कलेज, त्रिभुवन युनिभर्सिटी ‘ए’ , त्रिभुवन युनिभर्सिटी ‘बि’ , सेन्ट जेभियर कलेज, कसमस कलेज, नेपाल कमर्श क्याम्पस, डि.भी कलेज, ट्रिटन कलेज, शंकरदेव कलेज, क्यारेबियन कलेज, ओमेगा कलेज, युनिग्लोब कलेज, के एण्ड के कलेज, न्यु समिट कलेज, बन कलेज र जनता उच्च मावि





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]