डिपिएल क्रिकेट: अरुणकुमार अर्याल र राजु खड्का सम्मानित

विकेटनेपाल, चैत्र १७ – शनिबार । धनगढीमा आजदेखि सुरु भएको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको उद्घाटन समारोहमा पुर्व घोषित निर्णय अनुसार प्रशिक्षक अरुणकुमार अर्याल र राजु खड्कालाई सम्मानित गरिएको छ ।

प्रतियोगिताको आयोजक धनगढी क्रिकेट एकेडेमीले अरुणकुमार अर्याललाई “अर्जुन खड्का स्मृति सम्मान” र राजु खड्कालाई “धनगढी क्रिकेट सम्मानित” विधाबाट सम्मानित गरेको हो । दुबैलाई समान १/१ लाख रुपैंया र ताम्रपात्रसहित सम्मानित गरिएको छ ।

“अर्जुन खड्का स्मृति सम्मान” पुरस्कार धनगढी क्रिकेट एकडेमीका करिब २ वर्ष अगाडी निधन भएका स्वर्गीय प्रशिक्षक अर्जुन खड्काको स्मृतिमा प्रदान गरिएको हो भने “धनगढी क्रिकेट सम्मान” नेपालका पुर्व खेलाडीहरुलाई प्रदान गरिने सम्मान रहेको छ ।

अरुणकुमार अर्यालले पछिल्लोपल्ट सन् २०१४ को एसियाली खेलकुदमा नेपाली महिला क्रिकेट टिमको प्रशिक्षक रहेर काम गरेका थिए भने राजु खड्काले सन् २००४ मा नेपालका लागि अन्तिम खेलेका थिए । तर करिब १२   वर्षदेखि   चितवनमा चितवन क्रिकेट एकेडेमी चलाईरहेका छन् जसको   उत्पादन सन्दिप लामिछाने अहिले विश्वमा नै चर्चित भारतको घरेलु क्रिकेट प्रतियोगिता आईपिएलमा डेब्यु गर्ने तयारीमा रहेका छन् ।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]