बाबर हयातले दिलाए बिराटनगरलाई पहिलो जित, रुपन्देही हार्यो

विकेटनेपाल, चैत्र २१ – बुधबार । धनगढी प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा बाबर हयातले आक्रामक पारि खेलेपछि बिराटनगर किंग्सले रुपन्देही च्यालेंजर्सलाई   ४२ रनले पराजित गर्दै दोश्रो खेलमा पहिलो जित प्राप्त गरेको छ । यसअघि आइतबार भएको खेलमा बिराटनगर महेन्द्रनगर युनाईटेडसँग ३३ रनले पराजित भएको थियो (बिस्तृत विवरण) ।

स्कोरकार्ड

अंकतालिका

टस हारेर पहिले ब्याटिंग गरेको बिराटनगरले २० ओभरमा ४ विकेट गुमाएर १८१ रनको योगफल तयार पारेको थियो । उसका लागि बाबर   हयातले ५८ रनको पारि खेल्नेक्रममा ३५ बलमा १ चौका र ४ छक्का हानेका थिए । त्यो भन्दा अगाडी दिलिप नाथले ४३ रन र अनिलकुमार शाहले ३६ रन बनाउँदै पहिलो विकेटको लागि ४५ रनको साझेदारी गरेका थिए ।

बाबर हयात म्यान अफ द म्याच घोषित भए

माथिल्लोक्रमको ब्याट्सम्यानहरुको योगदानलाई निरन्तरता दिंदै पारस खड्काले १२ बलमा २२ रन र सौरभ खनालले ११ बलमा अविजित १७ रन प्रहार गर्दै पारीको उत्कृस्ट अन्त्य गरे ।

रुपन्देहीका सबै बलर कमजोर साबित भएको खेलमा ओमानका रास्ट्रीय खेलाडी साफ्यन मेहमूदले २ विकेट लिन ३९ रन खर्चिए भने सागर पुन र जितेन्द्र मुखियाले १/१ विकेट लिए ।

प्रदीप ऐरीले ५० बलमा ६ चौका र २ छक्का सहित ५४ रन बनाए

जवाफमा १८२ रनको लक्ष्य पछ्याएको रुपन्देहीका लागि प्रदिप ऐरीले अघिल्लो खेलको प्रदर्शनलाई निरन्तरता दिंदै ५४ रन बनाउन ५० बलमा ६ चौका र २ छक्का प्रहार गरेपनि अन्य खेलाडीहरुको साथ नहुँदा २० ओभरमा ७ विकेट गुमाएर १३९ रनमात्र बनाउन सक्यो ।

बिराटनगरका सुभम कामतले ३ विकेट लिन १८ रन तथा रामनरेश गिरिले २ विकेट लिन २७ रन खर्चेका थिए ।

टिमलाई जित दिलाउन महत्त्वपुर्ण भूमिका खेलेका बिराटनगरका खेलाडी बाबर हयात म्यान अफ द म्याच घोषित भए ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]