बाबर हयातले दिलाए बिराटनगरलाई पहिलो जित, रुपन्देही हार्यो

विकेटनेपाल, चैत्र २१ – बुधबार । धनगढी प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा बाबर हयातले आक्रामक पारि खेलेपछि बिराटनगर किंग्सले रुपन्देही च्यालेंजर्सलाई   ४२ रनले पराजित गर्दै दोश्रो खेलमा पहिलो जित प्राप्त गरेको छ । यसअघि आइतबार भएको खेलमा बिराटनगर महेन्द्रनगर युनाईटेडसँग ३३ रनले पराजित भएको थियो (बिस्तृत विवरण) ।

स्कोरकार्ड

अंकतालिका

टस हारेर पहिले ब्याटिंग गरेको बिराटनगरले २० ओभरमा ४ विकेट गुमाएर १८१ रनको योगफल तयार पारेको थियो । उसका लागि बाबर   हयातले ५८ रनको पारि खेल्नेक्रममा ३५ बलमा १ चौका र ४ छक्का हानेका थिए । त्यो भन्दा अगाडी दिलिप नाथले ४३ रन र अनिलकुमार शाहले ३६ रन बनाउँदै पहिलो विकेटको लागि ४५ रनको साझेदारी गरेका थिए ।

बाबर हयात म्यान अफ द म्याच घोषित भए

माथिल्लोक्रमको ब्याट्सम्यानहरुको योगदानलाई निरन्तरता दिंदै पारस खड्काले १२ बलमा २२ रन र सौरभ खनालले ११ बलमा अविजित १७ रन प्रहार गर्दै पारीको उत्कृस्ट अन्त्य गरे ।

रुपन्देहीका सबै बलर कमजोर साबित भएको खेलमा ओमानका रास्ट्रीय खेलाडी साफ्यन मेहमूदले २ विकेट लिन ३९ रन खर्चिए भने सागर पुन र जितेन्द्र मुखियाले १/१ विकेट लिए ।

प्रदीप ऐरीले ५० बलमा ६ चौका र २ छक्का सहित ५४ रन बनाए

जवाफमा १८२ रनको लक्ष्य पछ्याएको रुपन्देहीका लागि प्रदिप ऐरीले अघिल्लो खेलको प्रदर्शनलाई निरन्तरता दिंदै ५४ रन बनाउन ५० बलमा ६ चौका र २ छक्का प्रहार गरेपनि अन्य खेलाडीहरुको साथ नहुँदा २० ओभरमा ७ विकेट गुमाएर १३९ रनमात्र बनाउन सक्यो ।

बिराटनगरका सुभम कामतले ३ विकेट लिन १८ रन तथा रामनरेश गिरिले २ विकेट लिन २७ रन खर्चेका थिए ।

टिमलाई जित दिलाउन महत्त्वपुर्ण भूमिका खेलेका बिराटनगरका खेलाडी बाबर हयात म्यान अफ द म्याच घोषित भए ।





थप समाचार

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]

छैठौं पटक अस्ट्रेलियालाई विश्वकप उपाधि

अस्ट्रेलियाले छैठौं पटक पुरुष एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ। प्रतियोगिताको अघिल्लो सबै १० खेल जित्दै अपराजित रहेको घरेलु टोलि […]

महिला टी-२० सिरिज : नेपालद्धारा जापान ४५ रनले पराजित

चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले […]