धोनीको तुफानी इनिंगले जोगाएन चेन्नाईको हार,बेंगलोरमाथि राजस्थानको जित

  • विकेटनेपाल – ३ बैशाख, सोमबार

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आईतवार दुई खेल सम्पन्न भएका छन् । सम्पन्न खेलहरुमा राजस्थान रोयल्स र किंग्स एलेभेन पन्जाबले जित दर्ता गरे।

पहिलो खेल : रोमान्चक खेलमा राजस्थानको जित

राजस्थान रोयल्सले रोमान्चक खेलमा रोयल च्यालेंजर्स बेंगलोरलाई १९ रनले पराजित गर्यो । बेंगलोरले टस जित्दै पहिले बलिंग गर्ने निर्णय लिएपछि ब्याटिंगमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१७ रन जोडेको थियो। बेंगलोरको घरेलु मैदानमा भएको खेलमा म्यान अफ दि म्याच संजु स्याम्सनले उत्कृस्ट ब्याटिंग गर्दै अविजित ९२ रन बनाएका थिए। उनको इनिंगमा २ चौका र १० छक्का सामिल थियो। यस्तै कप्तान अजिंक्या राहानेले ३६ तथा बेन स्टोक्सले २७ रनको योगदान गरेका थिए। बेंगलोरको बलिंगमा युजभेन्द्र चहल र क्रिस वोक्सले समान २-२ विकेट लिएका थिए।

संजु स्याम्सनले उत्कृस्ट ब्याटिंग गर्दै अविजित ९२ रन बनाए

जवाफमा २१८ रनको बिशाल लक्ष्य लिएर मैदान उत्रिएको बेंगलोरले खराब सुरुवात गरेको थियो। मात्र ४ रन जोड्दै ब्रेडन् म्याक्लम पभेलियन फर्किएका थिए। त्यसपछि ब्याटिंग गर्न आएका कप्तान विराट कोहलीले टि-२० करियरकै छिटो अर्धशतक ( २६ बलमा ) प्रहार गर्दै मात्र ३० बलमा ५७ रनको इनिंग खेलेका थिए।

कोहलीले २६ बलमा अर्धशतक बनाए

उनको इनिंगमा ७ चौका र २ छक्का सामिल थियो। तर कोहली (५७) र एबी डिभीलियर्स (२०) आउट भएसंगै बेंगलोरको जितको आशा समाप्त भएको थियो। इनिंगको अन्त्यतर्फ मन्दिप सिंहले अविजित ४७ रन तथा वासिंटन सुन्दरले मात्र १९ बलमा ३५ रन जोडेपनि त्यो जितका लागि पर्याप्त भएन। राजस्थानको जितमा श्रेयस गोपालले २ विकेट लिएका थिए।

दोस्रो खेल : धोनीले जोगाउन सकेनन् चेन्नाईको हार

आइतवार राति सम्पन्न दोस्रो खेलमा किंग्स एलेभेन पन्जाबले चेन्नाई सुपर किंग्स माथि ४ रनको झिनो जित दर्ता गर्यो। पन्जाबको घरेलु मैदानमा भएको खेलमा महेन्द्र सिंह धोनीले आक्रामक इनिंग खेलेपनि चेन्नाईलाई जित दिलाउन सकेनन्।

गेलले आक्रामक ब्याटिंग गरे

टस हार्दै पहिले ब्याटिंगको निम्तो पाएको पन्जाबले क्रिस गेलको बिष्फोटक इनिंगको सहयोगमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९७ रन जोडेको थियो। खेलाडी चयनको लागि सम्पन्न अक्सनमा सुरुवातमा बिक्न नसकेका गेललाई पन्जाबले अनितम समयमा बेस प्राईसमा लिएको थियो। आइपिएलको यस संस्करणमा पहिलो खेल खेल्ने क्रममा गेलले मात्र ३३ बलमा ६३ रनको इनिंग खेलेका थिए। उनले ७ चौका र ४ छक्का प्रहार गर्दै पहिलो विकेटका लागि लोकेश राहुलसंग ९६ रनको साझेदारी गरेका थिए। राहुलले व्यक्तिगत ३७ रन जोडेका थिए । चेन्नाईको बलिंगमा इम्रान ताहिरले २ विकेट चट्काए।

धोनीको इनिंगले जोगिएन हात

जवाफमा १९८ रनको ठुलो लक्ष्य लिएर मैदान उत्रिएको चेन्नाईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९३ रन मात्र जोड्न सक्यो । उसको चेजमा ढाडको समस्या लिएर ब्याटिंग गरेका महेन्द्रसिंह धोनीले अविजित ७९ रन जोडेपनि त्यो जितका लागि पर्याप्त हुन सकेन । धोनीले ४४ बलको सामना गर्दै ६ चौका र ५ छक्का प्राहार गरेका थिए। यस्तै अम्बाती रायडूले ४९ तथा रभिन्द्र जडेजाले १९ रन जोडेपनि टोलिलाई जित दिलाउन सकेनन्। पन्जाबको बलिंगमा एन्ड्रीयु टाईले २ विकेट लिएका थिए।

आइतबारको खेलपछि यस्तो छ अंकतालिका :

तेस्रो खेलमा दोस्रो जितसंगै राजस्थान अंकतालिकाको चौथो स्थानमा रहेको छ । राजस्थानको ३ खेलबाट २ जितसहित ४ अंक रहेको छ । यस्तै समान खेलमा समान जित निकालेको चेन्नाईभने रन रेटका आधारमा तेस्रो स्थानमा छ। चेन्नाई बिरुद्दको जितसंगै पन्जाबभने दोस्रो स्थानमा उक्लिएको छ । पन्जाबको ३ खेलमा २ जित र १ हार सहित ४ अंक रहेको छ।

अंकतालिकाको शिर्ष स्थानमा सनराइजर्स हैदराबाद रहेको छ । ३ खेलमा सबै जित निकालेको उसको ६ अंक रहेको छ । यस्तै कलकता नाइट राइड्रस पाँचौं, रोयल च्यालेंजर्स बेंगलोर छैठौं दिल्ली डेयरडेभिल्स सातौँ र मुम्बई इण्डियन्स आठौँ स्थानमा रहेका छन्।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]