नेपालगन्ज कप क्रिकेट सुरु, पहिलो खेलमा बाँके ब्लास्टर्स बिजयी

  • विकेटनेपाल, बैशाख ३ – सोमबार

नेपालगंजको कोहलपुरमा प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा आजदेखि नेपालगंज कप टी- २० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो खेलमा कप्तान महेश क्षेत्रीको अनुपस्थितीमा प्रज्वल शाहीको कप्तानीमा खेलेको बाँकेले आशिर्वाद पाल्पा योद्याजलाई ६ विकेटले पराजित गर्‍यो।

निर्धारित २० ओभरमा पाल्पा योद्याजले १५३ रन बनाएको थियो। पाल्पा योद्याजका लागि रीत गौतमले अर्धशतक प्रहार गरे। उनले ५० बल खेल्दै ६३ रन बनाए भने शरद खड्काले ३४ बल खेल्दै ३६ रन बनाए। त्यसै गरि प्रनित थापाले २४ रन बनाए। बाँके ब्लास्टरका लागि अजय शाहानी तथा सोनु तामाङले २-२ विकेट लिए।

जवाफमा ब्लास्टर्सले १५४ रनको लक्ष्य १८.२ ओभरमा ४ विकेटको गुमाएर पुरा गर्‍यो। जिसान बाँके ब्लास्टरकाका लागि ओपनिङ गरेका कप्तान प्रजव्वत शाहीले ३३ बल खेल्दै सर्वाधिक ४२ रन बनाए। यस्तै प्रेम तामाङले ३७ बल खेल्दै ३२ रन जोडे।

आक्रमक ब्याटिङ गरेका सोनु तामाङले १२ बल खेल्दै ३६ रन बनाए। बलिङमा पाल्पा योद्याजका लागि भिम धमाला र यश हमालले २-२ विकेट लिए।

अलराउण्ड प्रदर्शन गरेका बाँके ब्लास्टरका सोनु तामाङ म्यान अफ दि म्याच घोषित भए। मंगलवार पहिलो खेल एबरोल लुम्बीनी यात्रीज र जिसान बांके ब्लास्टर तथा दोस्रो खेल एनआईसि एसिया दंगाली गोर्खाज र पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजबीच हुनेछ।





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]