नेपालगन्ज कप क्रिकेट सुरु, पहिलो खेलमा बाँके ब्लास्टर्स बिजयी

  • विकेटनेपाल, बैशाख ३ – सोमबार

नेपालगंजको कोहलपुरमा प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा आजदेखि नेपालगंज कप टी- २० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो खेलमा कप्तान महेश क्षेत्रीको अनुपस्थितीमा प्रज्वल शाहीको कप्तानीमा खेलेको बाँकेले आशिर्वाद पाल्पा योद्याजलाई ६ विकेटले पराजित गर्‍यो।

निर्धारित २० ओभरमा पाल्पा योद्याजले १५३ रन बनाएको थियो। पाल्पा योद्याजका लागि रीत गौतमले अर्धशतक प्रहार गरे। उनले ५० बल खेल्दै ६३ रन बनाए भने शरद खड्काले ३४ बल खेल्दै ३६ रन बनाए। त्यसै गरि प्रनित थापाले २४ रन बनाए। बाँके ब्लास्टरका लागि अजय शाहानी तथा सोनु तामाङले २-२ विकेट लिए।

जवाफमा ब्लास्टर्सले १५४ रनको लक्ष्य १८.२ ओभरमा ४ विकेटको गुमाएर पुरा गर्‍यो। जिसान बाँके ब्लास्टरकाका लागि ओपनिङ गरेका कप्तान प्रजव्वत शाहीले ३३ बल खेल्दै सर्वाधिक ४२ रन बनाए। यस्तै प्रेम तामाङले ३७ बल खेल्दै ३२ रन जोडे।

आक्रमक ब्याटिङ गरेका सोनु तामाङले १२ बल खेल्दै ३६ रन बनाए। बलिङमा पाल्पा योद्याजका लागि भिम धमाला र यश हमालले २-२ विकेट लिए।

अलराउण्ड प्रदर्शन गरेका बाँके ब्लास्टरका सोनु तामाङ म्यान अफ दि म्याच घोषित भए। मंगलवार पहिलो खेल एबरोल लुम्बीनी यात्रीज र जिसान बांके ब्लास्टर तथा दोस्रो खेल एनआईसि एसिया दंगाली गोर्खाज र पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजबीच हुनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy